राधेश्याम कुशवाहा, ११ भदौ सर्लाही । सर्लाहीको गोडैता नगरपालिकाको २ वटा आधारभूत विद्यालयमा छुटाछुटै कार्यक्रमको आयोजना गरी कक्षा ८ मा अध्ययनरत एक सय छात्राहरुलाई साईकल वितरण गरिएको छ । प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत गोडैता नगरपालिका वार्ड न. ५ बगदह स्थित श्री रामजानकी आधारभूत विद्यालय र वार्ड न. २ जयपुर स्थित श्री जनता आधारभूत विद्यालयमा ५०–५० थान गरी जम्मा एक सय छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
सर्लाहीको दक्षिणी पश्चिमी भू–भागमा अवस्थित क्षेत्र न. ४ ( समूह ख ) का प्रदेश सांसद तथा नेपाली काँग्रेसका प्रमुख सचेतक माननिय ओपेन्द्र प्रसाद कुशवाहा को प्रमुख आतिथ्यता र गोडैता नगरपालिकाको मेयर देवेन्द्र यादवको विशेष आतिथ्यतामा साईकल वितरण गरिएको छ । गरिब, दलित अतिविपन्न परिवारका बालबालिका पढने विद्यायको रुपमा चिनिने सामुदायिक विद्यालयमा भएको व्यापक राजनितिकका कारण विद्यालयको शिक्षाको स्तरमा दिनप्रतिदिन खस्कदै गएको साईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुशवाहा ले चिन्ता व्यक्त गर्नुभयो ।
विद्याको मन्दिरलाई समेत जनप्रतिनिधिहरु राजनितिक अखडा बनाएको आरोप लगाउदै सामुदायिक विद्यालयको शिक्षाको शैक्षिक स्तरलाई सुधार गरी गुणस्तरिय शिक्षा प्रदान गर्ने वातावरण निमार्ण गर्न विद्यालयमा राजनितिक नगर्न आग्रह समेत गर्नुभयो।
आफनो सांसद भएको क्षेत्रको विद्यालयमा साईकल वितरण गरेको र विपक्षको विद्यालयमा साईकल वितरण नगरी प्रदेश सरकारले समेत हामीसंग सौतेनीको व्यवहार गरेको गुनासो गर्नुभयो ।
कार्यक्रममा बोल्दै कोरोना महामारीका कारण लामोसमयदेखि विद्यालय बन्द हुदाँ शिक्षा क्षेत्रमा ठुलो क्षति र बालबालिकाको भविष्यसंग खेलवाड हुदै आएको बताउदै पूर्ण सर्तकताका साथ गोडैता नगरपालिका भित्र मावि स्तरका सबै विद्यालय भर्दाै २० गतेदेखि संचालनमा आउने मेयर देवेन्द्र कुमार यादव ले ठोकुवा गरे । विद्यालय संचालनका लागि चाहिने स्वास्थ सामग्री मास्क, सेनेटाईजर, फेनाईल लगायत सामग्री स्वास्थ शाखाबाट प्राप्त गर्न सकिने बताए ।
कार्यक्रममा बोल्दै सर्लाहीको अधिकांश विद्यालयमा समयमा व्यवस्थापन समिति गठन नहुदाँ विद्यालय संचालनमा समस्या हुन गएको जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख रामअधारसिंह कुशवाहाले बताए । समिति गठन हुन नसक्दा शिक्षक नियुक्ति, भौतिक पूर्वाधार निर्माणदेखि विद्यालयमा प्राप्त हुने अनुदान रकम एवम् कार्यक्रम कार्यान्वयनमा समस्या हुनुको साथै विद्यालयको नियमित पठनपाठन समेत प्रभावित भएको बताए ।
शिक्षाजस्तो पवित्र संस्थामा चर्को राजनीति र स्वार्थको लडाइँ हुनु दुर्भाग्यपूर्ण रहेको बताउँछन् । ‘विद्यालय बनाउने र गुणस्तर सुधार्ने भन्दा पनि आर्थिक र राजनैतिक फाइदाका लागि व्यवस्थापन समितिमा आउन मरिहत्ते गर्ने धेरै छन्,’ उनले भने, ‘यसले विद्यालयलाई राजनीतिक मैदान बनाउने गरेको छ ।’ विद्यालयको व्यवस्थापन समितिको गठनको जिम्मेवारी स्थानिय निकायले पाएपनि विद्यालयमा गरिने व्यापक राजनितिक र जनप्रतिनिधिहरुद्वारा नै आफनो मान्छेलाई समिति बनाउने होडबाजी र प्रवृत्तिका कारण समिति गठनमा ढिलाई हुदै आएको आरोप समेत लगाए ।
कार्यक्रममा सर्लाही क्षेत्र नं ४(ख) प्रदेशसभा सदस्य माननीय उपेन्द्र प्रसाद कुशवाहा, गोडैता नगरपालिकाका नगर–प्रमुख देवेन्द्र कुमार यादव, संविधान सभा सदस्य शम्भु पासमान, उप–नगरप्रमुख अञ्जना कुशवाहा, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रामाधार सिंह कुशवाहा, युवा नेता रिकी सिंह, शिक्षाप्रेमी सुनिल कुमार कुशवाहा, समाजसेवी कौशल प्रसाद सिंह, विद्यार्थी, अभिभावक लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया