न्युजडेस्क/जनकपुरधाम, भदौ १२
एजेन्सी/अमेरिकी सेनाले अफगानिस्तानमा हवाई हमाला गरेको । काबुल विमानस्थलमा बम विस्फोटको बदला लिन अमेरिकाले आतंकवादी समूह आइएस-के विरुद्ध हवाइ हमला गरेका छन् ।
अमेरिका सेनाले मानवरहित विमानबाट आइएसआइए-के रहेको सो क्षेत्रमा हवाई हमला गरेको हो। उक्त हमलामा काबुल बम विस्फोटका मुख्य योजनाकार मारिएको दाबी गरिएको छ ।
अमेरिकाले हवाई हमलापछि काबुल विमानस्थलबाट मानिसहरुलाई हट्न आग्रह गरेको छ । अमेरिकाले त्यहाँ पुनः आतंकवादीले हमला हुने सक्ने खतरा रहेको भन्दै मानिसहरुलाई अन्यत्र जान भनेको हो । पेन्टागनका अनुसार आइएसआएस-के रहेको क्षेत्रमा ड्रोन हमला गरिएको र त्यस क्षेत्रलाई पारिएको दाबी गरेको छ ।
अफगानिस्तानमा बिहीबार भएको काबुल बम विस्फोटमा अमेरिकी सैनिकसहित सयौं मानिसको ज्यान गएको थियो । उक्त विस्फोटको जिम्मा आइएसआएस–केले लिएको थियो ।
प्रतिक्रिया