बलिराम कापरी/जनकपुरधाम, भदौ १२
अफगानिस्तानका पन्जसिरबाहेक तालिबानले सबै क्षेत्र नियन्त्रणमा लिइसकेका छन् । त्यहाँ आफूविरोधी लडाकु शक्तिशाली भएकाले तालिबानले अफगानका अरू सबै प्रान्तसहित राजधानी काबुलसमेत नियन्त्रणमा लिइसक्दा पनि त्यही एउटा प्रान्त मात्र उसको पहुँचभन्दा बाहिर रहेको हो ।
अफगानिस्तानका पुर्व राष्ट्रपति असरफ गनीले मुलुक छाडेर सपरिवार बिदेश गएपनि उपराष्ट्रपति अमरुल्लाह सालेह भने आफू कार्यवाहक राष्ट्रपति रहेको भन्दै त्यही पन्जसिरमा प्रान्तमा अहिलेसम्म बसिरहेका छन् र तालिबानसँग युद्ध जारी नै रहेको समेत दाबी गरिरहेका छन् ।
पन्जसिर प्रान्तमा उनकै नेतृत्वमा नोर्देन अलाइन्सका लडाकुले तालिबानसँग युद्ध गरिरहेका छन् । यसैबीच तालिबान र पन्जसिरका प्रतिनिधिबीच परवान प्रान्तको राजधानी चारिकारमा वार्ता भएको छ ।
वार्तामा दुई पक्षबीच एकअर्कालाई आक्रमण नगर्ने सहमति बनेको छ । उक्त सहमतीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भने अफगानिस्तानसहित विश्वभर शान्तीको आशा पलाएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया