सर्लाही, २१ भदौ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ,सर्लाहीका अध्यक्ष तथा दलित अधिकारकर्मी राजेश पासवानलाई मातृशोक परेको छ । उनकी आमा मोहरदेवी पासवानको ७१ बर्षको उमेरमा सोमबार दिउँसो भरतपुर९चितवन० स्थित नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो ।
उनको उक्त अस्पतालको आइसियु कक्षमा राखेर मुटु रोगको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । २ छोरा,२ छोरी ,२ बुहारी र ५ जना नातिनातिना रहेको सर्लाही कविलासी नगरपालिका वडा न. ८ निवासी मोहरदेवीको जेठो छोरा चितवन जिल्लाको भरतपुरमा व्यवसाय संचालन गरेर बसेका छन् भने कान्छो छोरा राजेश पासवान गृह जिल्लामै रहेर विगत दुई दशकदेखि दलित अधिकार तथा सामाजिक न्याय र रुपान्तरणको लागि क्रियाशील रहदै आएका छन् ।
साथै उहाँ अध्यापन पेसामा समेत संलग्न हुनुहुन्छ ।पासवान समाजशास्त्रमा स्नातकोत्तर उतिर्ण गरिसक्नु भएको छ भने कानुन विषयमा समेत स्नातक गरिरहनुभएको छ । पासवानकी आमा मोहरदेवीको मंगलबार सर्लाही स्थित बागमती खोलामा हिन्दु रितिरिवाज अनुसार दाहसंस्कार गरिएको कल्याण संघका कार्यक्रम अधिकृत एवं उहाँका सहकर्मी गोविन्द पासवानले जानकारी दिएको छ ।
प्रतिक्रिया