सबैलामा यसरी माँ दुर्गा मेलाको बसकट्टी,यसपालि भब्य मेला

मधेशपाटी अनलाइन     २०७८ भाद्र २७, आईतवार ०५:५४ बजे मा प्रकासित


जनकपुरधाम। धनुषा जिल्लाकाे सबैला स्थित माँ दुर्गा भवानी मेलाको बसकट्टी विधिवत रुपमा शुभारम्भ भएको छ ।

प्रत्येक वर्ष जस्तै विजया दशमीमा लाग्ने भब्य मेलाको विधी अनुसार शनिवार विशेष विधीपुर्वक सबैलाको माँ दुर्गा मन्दिर अगाडि पहिलो चलन अनुसार ध्वजा गाडिएको छ ।

नजिकैको फुलवारीमा साधुसन्त र पुरोहित सहित श्री श्री १०८ माँ दुर्गा भवानी प्रतिष्ठान सबैलाका सचिव नथुनी यादव (हरेराम) को अगुवाईमा विधिपुर्वक बसकट्टी विधि गरि मन्दिरको अगाडि ध्वजा स्थापित गरिएको हो ।

धनुषा सहित यस क्षेत्रमै प्रसिद्व र ठुलो मानिने गरेको छ ।
श्री श्री १०८ माँ दुर्गा भवानी प्रतिष्ठान सवैलाको आयोजनामा सबैला बजारमा लाग्ने मेला चर्चित रहेको छ । अष्टमी देखि दशमी सम्म बोकाबली प्रदान हुने, घटस्थापना देखिनै मेला सुरु भई सप्तमी देखि एकादशी सम्म मेला लाग्ने भएकाले सबैलाको मेला प्रसिद्व रहेको यादवले बताए ।

सबैलामा माँ दुर्गालाई पुजा पाठ र भाकल गरे मनोकामना अवयश्क पुरा हुने श्रद्धा र विश्वास व्याप्त रहेको र घटस्थापना देखिको पुजापाठ र मेला मात्र नभई एकादशीका दिन भसौनी कार्यक्रममा भारत सहित लाखौंको दर्शक भिडभाड समेत मेलाको थप आकर्षण बढाउने गरेको आयोजक प्रतिष्ठानका सचिव नथुनि यादव (हरेराम)को भनाई छ ।

ध्वजा स्थापित भएसंगै मेलाको विधिवत तयारी सुरु भएको प्रतिष्ठानका अध्यक्ष विरेन्द्र नायकको भनाई छ । मेलामा पहलमानी तथा अन्य खेलकुद सहितका गतिविधीले पनि रोचकता बढाएको हुन्छ ।

धनुषाको सबैला नगरपालिकाका मेयर बिजय शंकरप्रसाद साहले श्री श्री १०८ श्री मा दुर्गा भवानी नव निर्माणका लागि पचास लाख रुपैया दिएको बताए छ । सबैला नगरपालिका वडा नम्बर १,२,३, वडा अध्यक्षले मन्दिर निर्माणका लागी तीन लाख रुपैया सहयोग गरेको बताएकाे छ भने १० वटा वडा अध्यक्षले दुई लाख रुपैया सहयोग गरिने सहित मेेेला समितिले बताएको हाे ।

प्रतिक्रिया





Top