धनुषा : बलात्कारी घटना जाेगाउन ५ लाखमा पंचायतबाटै मिलापत्र

मधेशपाटी अनलाइन     २०७८ भाद्र २८, सोमबार १५:४३ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको शहिदनगरपालिका वडा नम्बर २ चोराकोयलपुरमा बलात्कार प्रयासको घटना पंचायतबाटै दण्ड जरिवाना गराएर मिलाएको रहस्य खुलेको छ । चोराकोयपुर बस्ने २५ वर्षीया महिलालाई मिथिला विहारी नगरपालिका–४ बस्ने ४० वर्षीय प्रदिप यादवले भदौ २३ गते राति बलात्कार प्रयास गरेको पिडित महिलाको आरोप छ ।

राँगा लिएर चोराकोलयपुरमा व्यवसाय गर्न बसेको प्रदिप यादव भदौ २३ गते राति महिलाको घरमा गएर बलात्कार प्रयास गर्दा हो हल्ला हुँदा भागेका थिए, भाग्दै गर्दा स्थानियहरुले समेत देखेका थिए ।

 

घटनास्थलमा तत्कालै चोराकोयलपुरबाट अस्थायी प्रहरी चौकीका प्रहरी टोली आएर घटनाबारे रिर्पोटिग लिएकार थिए । तर शहिदनगरपालिका–२ का वडाध्यक्ष जैसीलाल भिनवार,स्थानिय युवा शत्रुधन पासवानलगायतका व्यक्तिहरु गाउँमै राति नै बसेर पिडितको राय सल्लाह विनै ५ लाख रुपैयामा घटना मिलाएको रहस्य खुलेको छ ।

पंचायतबाट ५ लाख रुपैया पिडित पक्षलाई दिने र पिडितले प्रहरीमा उजुरी नगर्ने सहमती भएकोबारे प्रहरीलाई भदौँ २५ गते जानकारी भएपछि घटना प्रहरीले हस्तक्षेप गरेका थिए । अस्थायी प्रहरी चौकी चोराकोयलपुरले पिडित महिलाबाट उजुरी दर्ता गराएपनि स्वास्थ्य परिक्षण भने अहिलेसम्म नभएको जनाएको छ ।

पिडित महिलालाई पंचायतमा बस्नेहरुले डर, धाकको साथै ५ लाख रुपैयाको प्रलोभनमा पारि स्वास्थ्य परिक्षण गराउन नजान दवाव दिदै आएको स्थानियले जनाएको छ ।

स्थानियबासिन्दाहरुले आरोपितलाई कानुनी कारवाहीबाट जोगाउन लागि परेको देखिन्छ । यता, वडाध्यक्ष जैसीलाल भिनवारले घटनालगतै राति नै बसेको पंचायतमा दण्ड जरिवाना गरिनुपर्नेमा कसैले १० लाख, कसैले ५ लाख भनेपनि ५ लाखमा सहमति भएको बारेमा आफुलाई जानकारी नभएको बताए ।

वडाध्यक्ष भिनवारले आज भदौ २८ गते आफुलगायत ५ जना प्रहरीचौकी पुगेर यसबारेमा प्रहरीले के रिर्पोटिग गरेको र महिलासंग हस्ताक्षर र औठा छाप के प्रयोजनको लागि लिएको हो बारेमा जानकारी लिने बताएका छन् ।

प्रहरी प्रशासनले तदारुक्ताका साथ अनुसन्धान नगर्दा केही विचौलियाहरुले यस्ता घटनाहरु गाउँमै दवाव र प्रभावमा पारेर अझै मिलाउने गरेको छ ।

प्रतिक्रिया





Top