बलिराम कापरी/जनकपुरधाम, भदौ ३०
धनुषाको हंसपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा) को संगठन सुदृढीकरण तथा जागरण (सुज) अभियानको संयोजकमा समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपेन्द्र कापरीलाई चयन गरिएको छ।
जसपा नेपालको संगठन निर्माण तथा सुदृढीकरण तथा जागरण अभियानका लागी हंसपुर नगरपालिकामा दिपेन्द्र कापरीको संयोजकत्वमा ९ सदस्य समिति चयन गरिएको हो ।
धनुषा जिल्ला स्थित हंसपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष रामनारायण कापडीको अध्यक्षतामा नगर कार्य समितिको बैठकबाट संगठन सुदृढीकरण तथा जागरण (सुज) अभियान अन्तर्गत नगरपालिकाको सम्पूर्ण वडाहरुमा संगठन बिस्तार, भातृसंगठन निर्माण, सुज अभियान परिचालन समिति लगायत समितिहरुको गठन गरि परिचालन गर्ने निर्णय सर्वसहमतिले गरेको हो ।संगठन सुदृढीकरण तथा जागरण अभियानको संयोजकमा दिपेन्द्र कुमार कापरी, सदस्यहरुमा धनु यादव, बिरेन्द्र साह, दिनेश साह, उदय सिंह, शिबकुमारी मुखिया, नागेश्वर साह, रामबृक्ष ठाकुर, निर्गुण सहनी लगायतको समिति चयन गरेको हो ।
त्यसैगरी शिवचन्द्र यादवको संयोजकत्वमा भातृसंगठनहरुमा निर्माणका लागि पाँच सदस्य समिति बनाइएको र सदस्यमा बलिराम कापर, अजय कुमार मंडल, जितेन्द्र कुमार यादव, सरोज कुमार मंडल लगायतको समितिहरु निर्माण गरि परिचालन गरिएका हुन् ।
प्रतिक्रिया