सर्लाहीको चक्रघटा गाउँपालिकामा १ हजार बालबालिकालाई शैक्षिक सामग्री वितरण

न्यूज डेस्क     २०७८ भाद्र ३१, बिहीबार १०:२९ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, ३० भदौ सर्लाही ।

सर्लाहीको चक्रघटा गाउँपालिकाको तिनवटा विद्यालयमा अध्ययनरत १ हजार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरि बालदिवस मनाईएको छ ।  स्थानिय यूवा क्बल जनशक्ति को आर्थिक सहयोगमा चक्रघटा गाउँपालिका वार्ड न. ५ पररिया मा रहेका दुई सरकारी र एक निजि विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

श्री जनता मा. वि. विद्यालय र होस्टेन हेन्स जनता प्राथमिक विद्यालयमा ४–४ सय र निजि विद्यालय सनराईजको २ सय गरी जम्मा एक हजार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको क्लबको सचिव बलराम प्रसाद साह ले जानकारी दिनुभयो ।
कार्यक्रमलाई अनलाईनबाट सम्बोधन गर्दै आजको बालबालिकाहरु भोलिको देशको कर्णधार रहेको क्लबको अध्यक्ष धिरेन्द्र कुमार ठाकुरले बताउनुभयो ।

लकडाउनका कारण बालबालिकाहरुको नियमित पठनपाठन प्रभावित भई शिक्षा क्षेत्रमा ठूलो क्षति भएको भएको प्रति गहिरो दुख प्रकट गर्नुभयो। स्वास्थ सुरक्षा मापदण्डको पालन गर्दै विद्यालयमा विस्तारै नियमित पठनपाठन तर्फ उन्मुख हुनुपर्ने बताउदै त्यसको लागि स्थानिय सरकारले समेत सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

हाम्रो क्लबले अगामी दिनहरुमा बालबालिकाको बालविकास, सर्वाङ्गीण विकास, बौद्विक विकास, समाजिक विकास र मनोबल उच्च पार्न विभिन्न नयाँ कार्यक्रमहरु ल्याउनुको साथै शैक्षिक सामग्रीको सहयोगमा निरन्तरता दिने प्रतिबद्वता गर्नुभयो । सचिव बलराम प्रसाद साह र कोषाध्यक्ष श्री संजीव चौधरी ले संयूक्त रुपमा कार्यक्रम संचालन गर्न आर्थिक र व्यक्तिगत सहियोग गर्नु भएको सम्पूर्ण सहयोगिलाई व्यक्तिलाई धन्यवाद दिँदै उहाँहरुको उतर उतर प्रगति को कामना समेत गर्नु भयो। कार्यक्रम सफल पार्नका लागि दिनरात मेहनत गनुभएको क्लबका सदस्यहरु समेत विशेष धन्यवादको पात्र रहेको बताउनुभययो ।

कोषध्यक्ष संजीव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा श्री जनता मा. विद्यालयका प्रधानध्यापक देवधरी यादव, होस्टेन हेन्स जनता प्र.वि विद्यालयको प्रधानध्यापक राम नारायण मण्डल, सनसाईजका प्रधानाध्यक कृष्ण प्रसाद साह, यूवा क्लबका सदस्य धीरज कुमार यादब, सुरेन्द्र राम, पुरुषोत्तम साह, पप्पु यादव, सम्बन्धित विद्यालयका शिक्षक, विद्यार्थीहरु लगायत अभिभावकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया





Top