सर्लाही, ३० भदौ । सर्लाहीको गोडैता नगरपालिकामा पनि सामान्य अवस्था वा कोभिड महामारी बालअधिकार हामी सबैको जिम्मेवारी नाराका ५७ औं राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
गोडैता नगरपालिका वार्ड न. ५ रामवन स्थित श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयको प्राङ्घणमा वक्तुत्वकला प्रतियोगिताको आयोजना गरी बालदिवस मनाईएको छ । राष्ट्रिय रोजगार प्रर्वद्वन केन्द्र सर्लाहीको आयोजना र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सम्पन्न भएको वक्तुत्वकला प्रतियोगितामा श्री वेणी भोला माध्यमिक विद्यालय प्रथम, श्रीमती सरस्वतीदेवी कुशवाहा आधारभूत द्वितिय र श्री राम जानकी तृतिया भएका छन ।
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र मलंगवा सर्लाही द्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गत तथा गोडैता नगरपालिका का समन्वयमा ५७ औं बालदिवस को उपलक्ष्यमा भएको वक्तुत्वकला प्रतियोगितामा गोडैता नगर भरिका मावि तथा आधारभूत विद्यालयका विद्यालय स्तरीय बालबालिका क्लबका एक छात्रा र एक छात्र गरी १४ जना विद्यार्थीहरु सहभागिता रहेको संस्थाको फिल्ड अधिकृत रन्जित यादव ले बताउनुभयो ।
१४ जना सहभागी बिच भएको प्रतियोगितामा श्री बेणी भोला नमूना माविका हरेन्द्र कुमार साह प्रथम, श्री मती सरस्वती देवी कुशवाहा आधारभूत विद्यालय का मेघा कुशवाहा दोस्रो र रामजानकी आधारभूत विद्यालयका मुन्ना कुमार यादव तेस्रो स्थान हासिल गर्न सफल भएको छ, भने सन्त्वना पुरस्कार भूषण कुमार कुशवाहा ले हात पार्न सफल भएको छ ।
आरआरपिके को फिल्ड अधिकृत रन्जित कुमार यादवको स्वागत मन्तब्यबाट सुरु भएको प्रतियोगितामा निर्णायक मण्डलका रूपमा नपाबाट निरज खड्का, वार्ड ६ प्रावि का नगेन्द्र राय यादव, वार्ड ६ स्वास्थ चौकीका इन्चार्ज सहाबुदिन मिकरानी रहनुभएको थियो ।
राष्ट्रिय रोजगार प्रवद्र्वन केन्द्रको अध्यक्ष गायत्री देवीको अध्यक्षता र गोडैता नगरपलिका को शिक्षा प्राविधिक सहायक निरज खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अथिति का रुपमा शिक्षाप्रेमी तथा लेखक रामचन्द्र महतो, पूर्व सिडिओ डा.कमलेश सिन्हा, कृष्ण मोहन महतो, विद्यालयका शिक्षक, विद्यार्थीहरु लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया