पालिकाका वडाहरुमा नाराका साथ एक घर पाँच योग र पाँच जडिबुटी अभियान संचालन

मधेशपाटी अनलाइन     २०७८ आश्विन ७, बिहीबार ०७:५८ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको हंसपुर नगरपालिकामा एक घर पाँच योग र पाँच जडिबुटी अभियान संचालन गरिएको छ ।

‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी, स्वस्थ जीवनको लागि आयुर्वेदीय जीवनशैली’ नाराका साथ पालिकाका वडाहरुमा एक घर पाँच योग र पाँच जडिबुटी अभियान सम्बन्धी अन्तरक्रिया तथा जडिबुटी वितरण कार्यक्रम गरिएको छ ।

बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले योग बिनाको जीवनशैली अधुरो रहेको बताए । भागदौडको जीवनमा योगले दिनानुदिन आप्mनो क्षेत्र विस्तार गर्दै गएको जिकिर गर्दै योग गरौ, निरोग बनौ भन्ने नारालाई सबैले आत्मसाथ गरेर अघि बढनुपर्ने धारणा उनको थियो । नगरपालिकाले आप्mनो नागरिकको स्वास्थ्यको मध्यनजर गरेर आयुर्वेद प्रणालीलाई प्राथमिकतामा राखेर अघि बढेको उनले थपे ।

अंग्रेजी औषधीको प्रयोग गर्दा विभिन्न साइड इफेक्टहरु देखा पर्ने गरेको छ, उनले भने–‘तर, जडिबुटी प्रयोग गर्दा कुनै प्रकारको समस्या आउने गरेको छैन् ।’ नियमित रुपमा योग गरेर जडिबुटीको सेवन गर्दा सधैं स्वस्थ रह्ने दावी गर्दै मेयर मण्डलले योग र जडिबुटीको प्रयोग गर्न नगरबासीमा अपील गरे ।

कार्यक्रममा वनस्पती अनुसन्धान केन्द्र धनुषाका प्रमुख ताहिर हुसैन, स्वास्थ्य निर्देशनालयका आयुर्वेद शाखा प्रमुख डा. रामबाबु साह लगायतलाई मेयर मण्डलले सम्मान समेत गरेका थिए ।

कार्यक्रममा वडा नं.१ का वडाध्यक्ष कामेश्वर कापर, वडा नं. २ का वडाध्यक्ष उदय साह, वडा नं. ३ का वडाध्यक्ष उदय सिंह, वडा नं. ६ का वडाध्यक्ष मेथुरा चौधरी, वडा नं. ७ का वडाध्यक्ष रामसेवक मण्डल र वडा नं. ९ का वडाध्यक्ष नरेश मण्डल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया





Top