दुइमहिनामा गठवन्धनले मन्त्रीमण्डल विस्तार गर्न सकेन : वरिष्ठ नेता महतो

न्यूज डेस्क     २०७८ आश्विन ७, बिहीबार १८:२४ बजे मा प्रकासित


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले दुइमहिना भइसक्दा पनि मन्त्रीमण्डल विस्तार हुन नसक्नुले गठवन्धनको एकजुटतामाथि प्रश्नचिन्ह खडा भएको बताएका छन ।

पार्टीको कामले विहिवार जनकपुरधाम पुगेका नेता महतोले जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै वर्तमान सरकारको मन्त्रीमण्डल विस्तार हुन नसक्नुमा गठवन्धनको कमीकमजोरीले भएको बताए ।

उनले भने,यसको सरकारी पक्षले जवाफ दिनुपर्ने छ,यो राष्टका लागि पक्कै राम्रो कुरा भएको छैन । उनले लोसपा सरकारमा जाने कुरा अहिले कुनै सोच नवनाएको वताए । गठवन्धमा आफै पुर्णता नपाएको अवस्थामा लोसपा सरकारमा जाने कुरा सोच्नु हास्याप्रद रहेको बताए । उनले भने सरकारलाई हाम्रो समर्थन वाहिरबाट छदैछ,हाम्रो माग र मुद्दा सम्वोधन गरयो भने सरकार बाहिरबाट पनि सहयोग र समर्थन जारी रहने छ ।

पुर्वमन्त्री समेत रहेका नेता महतोले एमसीसी संसदमा नआएसम्म एमसीसीको विषयमा लोसपाले कुनै पनि आधिकारीक धारणा नराख्ने बताउदै संसदमा आएपछि यस विषयमा वताउने जिकीर गरे । उनले विकास निमार्णकालागि ल्याइएको योजनालाई राष्ट र जनताको हितमा सरकारले प्रयोग गर्नुपर्ने धारणा राखे ।

महतोले सरकारले नेपाल भारतको सिमा खुल्ला गर्न निर्णय गरेपनि अहिले सीमा नखुल्नु सरकारकै कमजोरी रहेकोले नेपाल भारतविचको बेटीरोटीको नातालाई जोगाउनका लागि यसप्रति ध्यान दिनु आवश्यक रहेको समेत टिप्पणी गरेका थिए ।

प्रतिक्रिया





Top