लोसपामा पहिलो चोटि प्रदेश २ संसदीय दलको नेतामा पुर्वमन्त्री सुरीता साहको सम्भावना

मधेशपाटी अनलाइन     २०७८ आश्विन ८, शुक्रबार ०७:५७ बजे मा प्रकासित


जनकपुरधाम  । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको गठन भएसंगै प्रदेश २ मा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संसदीय दलको नेता चयनका लागि आइतवार बैठक बस्ने भएको छ ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर गठन भएको लोसपाको संसदीय दलको बैठक आईतबार दिउसो २ बजे जनकपुरधाममा हुने प्रदेश सांसद परमेश्वर साहले जानकारी दिए ।

संसदीय दलको वैठक लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा दलको नेता चयन गर्ने आन्तरिक तयारी रहेको र सोहि मुतावीक विहीवार महतो जनकपुरधाम समेत आएको देखिएको छ ।

लोसपा गठन भएपछि संसदीय दलका नेतामा दुइजनाको नाम अग्रस्थानमा रहेको देखिएको छ । दुइजनामा पुर्वमन्त्री सुरीता साह र जितेन्द्र सोनल मध्ये एकलाई चयन गर्नुपर्नेमा सुरीता साहको नाम अग्रस्थानमा रहेको स्रोतको दावी रहेको छ ।

स्रोतका अनुसार सुरीता साहको पार्टीमा लगानी रहेको र प्रदेश नं २ मा महिला नेतृ मध्येमा अग्रस्थानमा नाम रहेकोमा उनको सम्भावना वढि रहेको छ । यद्यपी लोसपामा संसदीय दलका नेता बन्ने आकांक्षीहरु धेरै रहेको छ ।

प्रतिक्रिया





Top