जनकपुरधाम ।धनुषा जिल्लाको एक स्थानीय तहका मेयरले नै एक भारतीय नागरिकलाई नेपाली राहदानीको लागि सिफारिस गरिदिएको खुलासा भएको छ ।
धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले एक भारतीय नागरिकलाई नेपाली राहदानी बनाउन सिफारिस गरेको खुलेको छ । विदेह नगरपालिका वडा नम्बर ४ झिझा बस्ने चन्द्रमोहन पासवानले आफ्नो ज्वाईलाई नै छोरा बनाएर नेपाली नागरिकता बनाएको वडाध्यक्ष ४ का वडाध्यक्ष विनोद गोहितमाने जनाएका छन् ।
वडा कार्यालयको लेटरप्याडमा नागरिक पहिचानको सिफारिस अन्तर्गत चन्द्रमोहनको छोरा बनाएर भारतको मधुबनी जिल्ला बस्ने गुलाब पासवानलाई नेपाली नागरिक बनाएको आरोप छ । जिल्ला प्रशासन कार्यालय धनुषाबाट २०६३/०६४ मा खटेको टोलीमा भारतीय नागरिक गुलाब पासवानलाई चन्द्रमोहनले छोरा बनाएर नागरिकता बनाइदिएको वडाध्यक्ष गोहितमानले बताए ।
उनका अनुसार, गुलाब पासवान भारतीय नागरिक रहेको आफू बुझेपछि उनलाई छानिबनको लागि प्रशासनलाई पत्र समेत पठाएको बताए । उनले पासपोर्टको लागि सिफारिसको क्रममा स्थानीय बासिन्दा पहिचान गरी पठाउन भनेपछि आफूले सिफारिस नगरेको बताए ।
वडाध्यक्ष गोहितमानले भारतीय नागरिक बुझेपछि सिफारिस गर्न नमानेपछि कानुन विपरित वडा कार्यालयको सिफारिसमा वडाध्यक्षको सट्टा मेयर बेचन दासले नै सिफारिस गरी हस्ताक्ष स्टाम्प गरेको देखिएको छ ।चन्द्रमोहन त्यहाँको स्थायी बास्न्दिा हुन भने उनको दुई छोरा रहेको छ । एक छोरा घरमै छ भने अर्का विदेश गएका छन् ।
गुलाब पासवान उनको ज्वाईँ रहेको र उनलाई छोरा बनाएर नागरिकता बनाएको बुझिएको छ ।भारतीय नागरिक भनिएको गुलाब मण्डललाई नागरिकताको आधारमा पासपोर्ट समेत बनाएर विदेश पठाइएको बताइएको छ । यसको लागि वडाध्यक्ष गोहितमानले छानबिन र कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन समेत चढाएको छ ।
गुलाब पासवानको मतदाता परिचय पत्र, नागरिकता, स्वास्थ्य विमाको पनि सबै परिचयपत्रहरु रहेको छ । यस सन्दर्भमा मेयर बेचन दाससँग सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।
प्रतिक्रिया