जनकपुरधाम । धनुषा जिल्लाको सबैला न पा. १० सिमराढीकी एक महिला विगत डेढ महिनादेखि बेपत्ता भएकी हुन ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर १० सिमराढी बस्ने जीतन शर्माकी अन्दाजी बर्ष २२ की श्रीमति सँगीता ठाकुर विगत डेढ महिनादेखि बेपत्ता भएकी छिन् । उनी धनुषाको बीरेन्द्रबजारबाटै बेपत्ता भएको बताइएको छ ।
गत साउन २० गते कानको उपचार गराएर फर्कने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बीरेन्द्रबजार (राजमार्ग) बस स्टैण्डमा ओर्लेकी थिइन् । श्रीमान जीतन शर्मा समेत उनीसँगै थिए ।
बीरेन्द्रबजार स्थित उनको दिदीको घर भएकोले पुनः भोलीपल्ट लहान जानको लागि सहज हुने भन्दै सँगीताले आज दिदीकै घरमा बस्ने जिद्द गरेकी उनका बुवा कुशे ठाकुरले जानकारी दिए । सँगीताले दिदीकै घरमा बस्ने हठ गरेपछि श्रीमान जीतनले उनलाई दुई थप्पड हानेपछि समान्य झगडा भएको थियो ।
सोही झगडापछि जीतन पिसाब फेर्न जाँदा सँगीता त्यहाँबाट बेपत्ता भएको बताइएको छ । पिसाब फेरर जितन बस स्टैण्डमा आउँदा सँगीता देखिएनन् । धेरै खोजबिन गरेपनि सँगीता नदेखिएपछि कतै भागेको अनुमान गरिएको छ ।
साँझ ५ बजे बस स्टैण्डमै रहेका दुवै जनाबीच समान्य झगडा हूँदा सँगीता कतै भागेको बताइएको छ । कानको समस्या लिएर लहान उपचार गराउन गएकी सँगीता उपचार गराएर फर्कने क्रममा बेपत्ता भएको बताइएको छ ।
सिरहाको माडैर खटोका टोल माईत रहेको सँगीताको बुवाले छोरी हराएको डेढ महिना बितिसक्दा पनि अझै फेला पर्न सकेको छैनन् । कुशे ठाकुरका अनुसार, अन्तिम समय केही दिन अघि मात्र धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ पर्वतामा देखिएको स्थानीयहरु बताउँछन् ।
रातो सारी र हरियो ब्याग बोकेकी सँगीता परिवारजनबाट सम्पर्कविहिन भएकी हुन् । उनको मोबाईल समेत अफ रहेको उनको बुवा ठाकुरले बताए । बेपत्ता भएदेखि नै उनको मोबाईल अफ रहेको बताइएको छ ।
यसको लागि प्रहरीमा फोटो सहित छोरी खोजिदिनको लागि निवेदन दिएपनि अझै भेटाउन सकेको छैनन् । धनुषाको पर्वतास्थित रहेको मन्दिरमा परिक्रममा गरेको एक साधुले देखेको बताइएको छ । त्यसपछि त्यहाँबाट पनि कतै गएको बुझिएको छ ।
उनको बुवाका अनुसार, पर्वतामा देखिएपछि अहिले सँगीता पनि सोही क्षेत्रमा हुन सक्ने अनुमान गरिएको छ । शुक्रबार जनकपुर सहित मुजेलिया तर्फ खोजबिन गरिएको छ । धनुषाधाम क्षेत्रको नौयसबिघा, धनुषाधाम, किसानपुर, धारापानी, महेन्द्रनगर, सखुवा लगायतकै क्षेत्रमा हुन सक्ने अनुमान गरिएको छ ।
ठाकुरले आफ्नो सम्पर्क नम्बर जारी गर्दै सँगीतालाई देखिएको खण्डमा जानकारी गराउन अपिल गरेका छन् । उनले 9816797038 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् । सँगीता अहिले धनुषाधामदेखि महेन्द्रनगर आसपासको क्षेत्रमा हुन सक्ने अनुमान गरिएको छ ।
रातो सारी, मुख सुकेको, हरियो ब्याग भएको सँगीता देखिएमा तत्काल नजिकको प्रहरीमा सम्पर्क गरी जानकारी दिन अपिल गरिएको छ । गरिब परिवार भएको सँगीता हराएपछि उनको बुवाआमा डेढ महिनादेखि राम्ररी खाना समेत खान पाएका छैनन् ।
प्रतिक्रिया