तलब वृद्धिको माग गर्दै गाउँपालिका कर्मचारीहरु आन्दोलीत

मधेशपाटी अनलाइन     २०७८ आश्विन १२, मंगलवार १३:४९ बजे मा प्रकासित


बलिराम कापर/सिरहा लहान, १२ असोज
सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका कर्मचारीहरु तलब वृद्धिको माग गर्दै असोज ४ गते देखि निरन्तर आन्दोलन गरिरहेका छन् । गाउँपालिकाको सामुदायिक स्कुलमा कार्यरत कर्यालय सहयोगी, लेखाका कर्मचारी र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरु पालिकाको कार्यलयको मुख्य गेटमा शान्तिपुर्ण धर्नामा बसेर आन्दोलन गरिरहेको छ ।

सरकारले यस आर्थिक बर्ष २०७८/ ०७९ मा गरेको बजेट भाषणमा बाल बिकास केन्द्रको स. का. तथा बिधालय कर्मचारीको न्युनतम तलव १५ हजार पुर्याउने घोषणा गरेको छ ।
संघिय सरकारबाट ८ हजार र बाकी ७ हजार स्थानीय तहले ब्यहोर्नुपर्ने बजेट भाषणमा उल्लेख छ । बजेट भाषण अनुसार आफुहरुको तलब वृद्धि हुनुपर्ने माग गरेर हामी शान्तिपुर्ण आन्दोलन गरिरहेको लक्ष्मीपुर पत्तारी गापा बिधालय कर्मचारी कास ईकाई समितीका अध्यक्ष रामकुमार यादवले जनाएको छ ।

बिधालयमा काम गर्ने कासले ४५ सय, लेखाले ११ हजार ५ सय सरकारले ६ हजार न्यून तलब खाईपाई आईरहेको छ । जसमा चालु आर्थिक बर्ष देखि उनिहरुले खाईपाई आएको तलबमा संघिय सरकारबाट करिब २ हजार मात्र वृद्धि गरेको छ । साथै १५ हजार पुर्याउन बाकी रकम स्थानीय तहबाट ब्यहोर्ने भनिएको छ ।

गाउँपालिकामा न्यून तलवमा काम गर्ने बिधालय तहको कर्मचारीहरुको मागप्रती आफुहरु सकारात्मक रहेको गाउँपालिकाले जनाएको छ । आन्दोलन पक्षलाई बार्तामा बस्न आग्रह गरेको छु, सम्भवत: आज बार्ता हुनेछ । गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताए ।

बजेट भाषणमा सरकारले तलब वृद्धि त गर्यो । तर संघिय सरकारबाट तलब वृद्धि गर्ने कुनै आधार र निर्देशिका गाउँपालिकामा पठाएको छैन्, अध्यक्ष साहले सुनाए ।
आन्तरिक श्रोत हाम्रो गाउँपालिकामा न्यून छ । सरकारले प्रदेश र केन्द्रबाट पठाउने अन्य बजेट निश्चित काम गर्न तोकैरै पठाएको हुन्छ । त्यसबाट तलव दिन मिल्दैन अध्यक्ष साहले भन्नुभयो । त्यैपनि हामी कार्यपालिकाको बैठक र गाउँसभामा उनिहरुको माग सम्बोधन गर्न पुर्णरुपमा पहल गर्ने प्रतिबद्धता गरेका छन् । माग जायज छ, त्यसमा हाम्रो समर्थन र सहयोग सदैव रहने छ । गाउँपलिका अध्यक्ष साहको भनाई छ । हाल गाउँपालिकामा बाल विकास केन्द्रमा सका २९ जना, कास १७ जना र लेखा ३ जना कार्यरत छन्

प्रतिक्रिया





Top