बलिराम कापरी/जनकपुरधाम, असोज १६
प्रदेश नम्बर-२ का अस्थायी राजधानी जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका भातृसंगठन समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियन धनुषाले अख्तियरका विरुद्धमा मशाल जुलुस प्रदर्शन गरेको छ ।
कोणसभामा मन्तव्य राख्दै युवाका जिल्ला अध्यक्ष दिपेन्द्र कापरले भने, ‘बेटी बचाउ, बेटी पढाउ’ जस्ता जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै अख्तियारले आघात पुर्याउने कार्य गरेकोले अख्तियार विरुद्ध बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए ।
अध्यक्ष कापरले भने, ‘यस्तो अमर्यादित काम कारवाहीबाट नराम्रो नजीर बस्ने हुँदा आगामी समयमा समेत प्रदेश सरकारहरुमा हीनताबोध हुने भइ विकेन्द्रीकरण, जनसहभागिता र जनकल्याणका कार्यहरूमा प्रतिकूल प्रभाव पर्ने हुन्छ’, उनले बताएका हुन् ।
स्थानीय जनकपुरको रेल्वे स्टेसन देखि निस्केको मशाल जुलुस भानुचौक, शिवचौक हुदैं जनकचौकमा पुगेर कोणसभामा जसपा धनुषा जिल्ला पशुपति यादव सचिव घनश्याम यादव, सदस्य रामनारायण कापर, शेषनारायण यादव तथा भातृसंगठनका नेता बौद्धिक पेशाकर्मी केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव, युवा नेता अबधेश यादव, लक्ष्मण मण्डल, मुकेश यादव कमलेश यादव, विद्यार्थी नेता बिकास यादव, आमिन राईन, राम यादव लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया