सञ्चार सचिव

न्यूज डेस्क     २०७८ आश्विन १७, आईतवार १०:४८ बजे मा प्रकासित


  1.  विद्युत पोल भाडा विवाद र इन्टरनेट अवरोधको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा तथा जलश्रोत मन्त्रालयबीच आज संवाद हुने भएको छ । इन्टरनेट सेवा नै अवरुद्ध हुने अवस्था निम्तिएपछि सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले यस्तो अग्रसरता लिएका हुन् । 
सचिव अर्यालका अनुसार उनले आइतबार ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीसँग पछिल्लो विवाद समाधानका लागि छलफल गर्दैछन् । टेकपानासँगको कुराकानीमा दुई मन्त्रालयबीच समन्वय गरी पोलभाडा विवाद र इन्टरनेट अवरोधको समस्याको हल खोजिने उनले बताए ।

नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकहरूबीचको पोल भाडा विवाद पछिल्लो समय चुलिएको छ । प्राधिकरणले एकलौटी रुपमा चर्को भाडा वृद्धि गरेको भन्दै त्यसको विरोधमा उत्रिएका इन्टरनेट सेवाप्रदायकले नयाँ भाडादर नतिर्ने अडान राखेका छन् ।

यता पोलभाडा बृद्धि हुँदा लागत खर्च बढ्ने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणमा समेत उनीहरूले इन्टरनेटको मूल्य वृद्धिको स्वीकृतिका लागि अनुमति मागिरहेका छन् । पोलभाडाको यही विवाद उत्कर्षमा पुग्दा इन्टरनेट उपभोक्ता भने मारमा परेका छन् । शनिबारदेखि नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेटको तार काटिदिएको छ । जसका कारण हजारौं उपभोक्ता इन्टरनेट सम्पर्कबाट बाहिर धकेलिएका छन् । उता  दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कानून विपरित अत्यावश्यक सेवामा अवरोध पुर्‍याएको भन्दै संलग्नहरूमाथि कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया





Top