सुनसरी । प्रहरीकै हिरासतमा थुनुवाको मृत्युु पछि बिहानैबाट प्रहरी कार्यालयमा प्रदर्शन शुरु भएको हो ।
हिरासतमा थुनुवाको मृत्युु पछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त बनेको छ ।
अवस्था तनावग्रस्त बनेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
इनरुवास्थित कार्यालयमा मृत भेटिने ती व्यक्ति मुस्लिम समुदायको भएको खुलेपनि अन्य जानकारी प्रहरीले दिइसकेको छैन।
मृत्युको विरोधमा स्थानीयहरुले भने इनरुवामा विरोध प्रदर्शन थालेका छन्। बिहानैदेखि सडक अवरुद्ध गर्नुका साथै टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। प्रहरी कार्यालय अगाडि नै टायर बालेका छन्। सुनसरीका भित्रि गाउँहरुबाट समेत मानिसहरु यतिखेर इनरुवा भित्रने क्रम जारी छ।
प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। मृतकका आफन्तहरुले छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन्।
प्रतिक्रिया