रितिक अधिकारी, २४ असोज । सर्लाहीको कमलामाई मिडिया प्रालि का अध्यक्ष पहाडी सम्मानित भएको छ । सर्लाहीको बरहथवा नगरपालिकाले कमलामाई मिडिया प्रालिका अध्यक्ष तथा पत्रकार शंखर पहाडी९ गौरब०लाई सम्मान गरेको हो ।
शनिवार भएको एक कार्यक्रममा सत्य,निश्पक्ष र साहसी पत्रकारीता गरेको भन्दै पत्रकार पहाडीलाई नगर प्रमुख देवानन्द महतोले खादा ओढाउनुका साथै मायाको चिनु प्रदान गरि सम्मान गर्नु भएको हो ।
भ्रष्टाचार, अन्याय,अत्याचार,घुसपेठ र कालो बजारीमाथी निडर भएर कमल चलाउने पत्रकार पहाडी राष्ट्रिय समाचार समिति९ रासस० र सगरमाथा टेलिभिजनका लागि सर्लाहीबाट रिपोर्टिङ गर्छन् ।
उनि कमलामाई मिडिया प्रालिका अध्यक्ष,सञ्चालक तथा प्रवन्ध निर्देशक तथा कमला टाईम्स दैनिक पत्रिकाका प्रधान सम्पादक पनि हुन । करिब डेढ दशकदेखि व्यावसायीक पत्रकारीतामा निरन्तर रहेका पहाडी निश्पक्षता,सत्यतामा लागि निरन्तर लागि रहेका छन् ।
त्यस्तै गरि पत्रकारले समाचार लेखिसकेपछि समाचार मार्नु हुन्न त्यसकारण बरु वास्तविकता नआउदा सम्म समाचार नलेख्ने र लेखेपछि माफि नमाग्ने उनको अडान निरन्तर रहेको छ । सकेसम्म कसैको पनि कुभलो नचिताउने पत्रकार पहाडी विरोधिहरुका विरुद्ध शत्ती साल हुन ।
कुनै पनि राजनीति दलसंग सदस्यताको नाता नराखेका तर सम्बन्ध सुमधुर रहेका पहाडी सिन्धुलीबासी हुन । उनि विगत करिब १० वर्ष प्रदेश २ कै जिल्लाहरबाट पतकारीता गरि रहेका छन् ।
प्रतिक्रिया