युवा गायक सन्तोष कर्ण राजधानीमा सम्मानित

मधेशपाटी अनलाइन     २०७८ आश्विन २४, आईतवार १०:५७ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, १७ असोज सर्लाही । ।  सर्लाहीको प्रसिद्ध लोक गायक समाजसेवी युवा सन्तोष कुमार कर्णलाई राजधानीमा सम्मान गरिएको छ । गित संगीत लेखन र गायन क्षेत्रमा सक्रिय रही मैथिली संगीतको संरक्षण, सम्बर्द्धन र उत्थानमा महत्वपूर्ण योगदान गरेको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको छ ।

मिथिला संस्कृति समाज नेपालको आयोजनामा काठमाडौंको नमो बुद्ध सेवा पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झा द्वारा मैथिली भाषाका युवा गायक, लेखक कर्ण लाई सम्मान गरिएको छ।

प्रमुख अतिथी द्वारा संतोष कर्ण द्वारा लिखित मिथिला संस्कृति बचाएब, सबके जनकपुर ले जाएब गीत र प्रा.सँस्कृति विद्व डा. राम दयाल राकेश द्वारा लिखित कोरोना उपन्यास को समेत विमोचन गरिएको छ । संस्थाको अध्यक्ष बिरेन्द्र ठाकुर को अध्यक्षतामा भएको कार्यक्रममा सो कार्यक्रमको उद्घघोषण आवाज का धनि व्यक्ति अंशु झा जी ले गर्नु भएको थियो।

ब्याच वितरण रिना शर्मा ले गर्नु भएको थियो, भन्ने स्वागत मन्तव्य संतोष कर्ण ले गर्नु भएको थियो ।  कार्यक्रममा मैथिली भाषा साहित्य, संस्कृति क्षेत्रका गायक, लेखक, र चलचित्रकर्मी लगायत व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

संतोष कर्ण को बाल्यकाल र शिक्षा

सर्लाहीको साविक गाविस सहोडवा हालको बसबरिया गाउँपालिका सहोडवा टोल निवासी शिक्षक प्रदुम्न लाल दास र उर्मिला देवीको कोखबाट वि.स २०३१–१–५ का दिन ६ औं सन्तानको रुपमा जन्मिएका गायक संतोष कर्ण ४ दाजुभाई ३ दिदीबहिनी रहेका छन ।

प्रारम्भिक शिक्षाः गाउँकै श्री पंचायत निम्न माध्यमिक धनगढा बाट पढेको उनि माध्यमिक शिक्षा श्री बेणी भोला नमुना मा.वि गोडैता बाट २०४७ मा पुरा गरी उच्च शिक्षाको लागि ललितकला क्याम्पस भोटाहिटी, काठमाडौं भर्ना भएका थिए ।

सांगितिक यात्रा र संघर्ष

ललिकला क्याम्पस बाट मुख्य बिषय, चित्रकला र सहायक बिषय संगीत लिएर अध्ययन पछि परिवारिक आर्थिक अबस्था कमजोर भएको कारण सबै छोडी कामको शिलशिलामा भारतको चेन्नईमा काम गर्दा गर्दै भाषा र वाातावरणको कारण ले आफ्नै गाउँ, देशमा केही गर्नुपर्छ सोच राखेर उनि नेपाल फर्किएका थिए ।
स्वदेश फर्किपछि उहाँ गीत लेखनमा र चित्रकलामा लागी वि.स २०५३ मा श्री ५ बिरेन्द्र को गद्दी महोत्सवको बेलामा मलंगवाको मोहर सिंह धर्मशालामा लोक साँस्कृतिक समिति मलंगबा मातहतमा सो संस्थाको अध्यक्ष जितेन्द्र लाल दास को अगुवाईमा प्रमुख जिल्ला अधिकारी बद्री ब.कार्कीको प्रमुख अतिथि मा ४ दिने एकल चित्रकला प्रदर्शनी सम्पन्न गरेका थिए ।

त्यसपछि मलंगवा मै संतोष आर्ट ग्यालरी सँचालन गरेर बोड, ब्यानर, चित्र लेख्ने काम गर्दै जाँदा सो पेशाले जिबन धान्न न सकेपछि निजी बिद्यालयको शिक्षण पेशामा प्रवेश गर्दै बिभिन्न सांगितिक यात्रामा सहभागी हूदै वि.स २०५७ साल तिर मैथिली गीत गजल आ कबाली नामको पुस्तक प्रकाशन गरे ।

वि.स २०५६ साल देखि ६२ साल सम्म विभिन्न निजि विद्यालयमा सह प्र.अ तथा प्रिन्सिपलको रुपमा कार्यरत, त्यस पछि २०७३ साल देखि आफै संस्थापक, प्रिन्सिपल भएर तराइ एकेडेमी, बरहथवा मा संचालन गरेर बिधादान कार्यक्रम मा सहभागी त्यही क्रममा प्याबसन एरिया ए को अध्यक्षमा रही कार्य गरेको सो समयमा नेपाल सरकार बाट शिक्षा सम्मान २०६४ बाट सम्मानित हुदै केही दिन सरकारी समुदायिक बिधालयमा पि,सि,एफ कोटामा जागिर गरेका थिए ।

त्यसपछि भविष्य को योजना बनाउदै राजधानी प्रवेश गरि प्राइभेट कम्पनिमा जागिर खादै अध्ययनमा लागी २०७१ सालको शिक्षक सेवा मा नाम निकाली काभ्रेपलाञ्चोक जिल्लामा बुद्ध बाल उन्नति प्रा वि मा ३ बर्ष प्रधानाध्यापक को रुपमा कार्यरत गरेका थिए ।

उहाँको चर्चित रेडियो कार्यक्रम र  लोकप्रिय गित

काभ्रेपलाञ्चोक जिल्लाको जोगेश्वर मा.वि महादेटारमा कार्यरत पश्चात पहिलो स्थानिय चुनाबको बेला जिल्लान्तर सरुवा भई हाल बाल गोबिन्द जनता मा.वि कबिलासी नपाको पिपरियामा कार्यरत साथ साथै मलंगवा को स्थानिय स्वर्णिम एफ.एममा लोकप्रिय कार्यक्रम शुभ प्रभात, मैथिली हंगामा, जनतासंग हमर सरकार, मुड फ्रेस कार्यक्रम बाट जनताको मन जित्न भएको छ ।

सफल हाल ६ महिना देखि रेडियो मधेश ८९.३ मेगाहर्ज मा नमस्कार मधेश र घर आँगन, मधेश क बातचित कार्यक्रम, डौन्ट माइन्ड कार्यक्रम मार्फत श्रोताको मन मन मुटुमा बस्न सफल भएको छ ।

मैथिली भाषा को चल चल गे सजनी मलंगवा घुमेबौ भन्ने गीतबाट क्यारियर सुरुवात गरि आफनो पहिलो गितबाटै चर्चामा आएका गायक कर्ण संगित क्षेत्रको कम समयकै यात्रामा आफनो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

उहाँ १५० भन्दा बढी मैथिली, केही भोजपुरी, सदावहार र धार्मिक गीतमा स्वर दिएका छन । सरल, मिलनसार र सहयोगी स्वभावक धनी कर्ण विगत लामो समयदेखि जिल्लामा संगित, शिक्षण र समाजसेवामा सक्रिय रहेका छन ।

प्रतिक्रिया





Top