राधेश्याम कुशवाहा, असोज २४ सर्लाही । सर्लाहीको चक्रघटा गाउँपालिकामा जनशक्ति यूवा क्लबद्वारा सरसफाई तथा बडा दसैंको शूभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । चक्रघटा गाउँपालिका वार्ड न. ५ पडरिया टोलमा विभिन्न सार्वजनिक ठाउँमा सरसफाई गरी शूभकामना अदानप्रदान गरिएको क्लबको सचिव बलराम प्रसाद साह ले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष धिरेन्द्र ठाकुर हिन्दुहरुको महान चाड बडादसैंको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुस्वास्थ, दिर्घआयू र उत्तरोत्तर प्रगतिको कामना गर्दै हाम्रो पुरानो मौलिक धर्म संस्कृति र संस्कारको संरक्षण, सम्र्बद्वन र उत्थानमा जोड दिनुभयो ।
पश्चिमी संस्कृतिको प्रभाव र आधुनिकताको नाममा नयाँ यूवा पुस्ताद्वारा विदेशी संस्कृतिको अनुसरण गर्ने प्रवृत्तिका कारण हाम्रो मौलिक संस्कृति र संस्कार संकटमा परेका छन, अध्यक्ष ठाकुर भने । विदेशी संस्कृतिको प्रभावले देशको भोलिको कर्णधार मानिने यूवा पूस्ता कुलत दुव्र्यसनीमा लाग्नुको साथै समाजमा हत्या, हिंसा,अपराध तथा असमाजिक गतिविधि बढदै गएको प्रति गहिरो दुख प्रकट गर्नुभयो ।
गतबर्षको दसैं देखि अभियानको रुपमा संचालन गरेको सरसफाई कार्यक्रमलाई अगामी दिनमा पनि निरन्तरता दिने क्लबको कोषाअध्यक्ष संचिव चौधरीले बताए । यो वर्षको बड़ा दशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गाउँपालिका स्तरिय दौड प्रतियोगिता र संस्कृति कार्यक्रम गर्ने हाम्रो योजना रहेको थपे ।
कार्यक्रमा क्लबको सदस्य पुरुषोत्तम साह, सम्भु साह, रामविश्वास पण्डित, रामबाबु साह, पप्पु यादव, रितेश साह, बृजेश साह, मिथलेश मण्डल, गणेश यादव, नागरिक समाज समाजसेवी लगायत संचारकर्मीको समेत उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया