भ्रष्ट सरकार राजिनामादे भन्दै जनमत पार्टी द्वारा बिरोध प्रदर्शन

मधेशपाटी अनलाइन     २०७८ आश्विन २५, सोमबार १३:४३ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा करोडौँको आर्थिक अनियमितता भएको भन्दै स्थानीय युवाहरू रिले अनशनमा बसेका छन् ।

मेयर विजयशंकर साहसँग सूचना माग्दा बेवास्ता गरेको भन्दै उनीहरू ४ असोजदेखि रिले अनशनमा बसेका हुन् । पत्रकार सुरेश यादवको संयोजकत्वमा संयुक्त संघर्ष समिति नै बनाएर नगरपालिका भवनअगाडि उनीहरूले अनशन थालेका हुन् ।

गएको जेठमा सूचनाको हक प्रयोग गरेर विभिन्न कार्यक्रममा भएको खर्चबारे जानकारी माग्दा मेयर साहले बेवास्ता गरेको यादवको आरोप छ ।

‘जेठमा सूचना हक प्रयोग गरेर मैले सूचना माग गरेको थिएँ,’ शिलापत्रसँग यादवले भने, ‘तर उहाँले सूचना दिनु भएन । त्यसपछि हामीलाई अनियमिताताको शंका लाग्न थाल्यो । पछि उहाँहरूकै व्यवहारले आशंका बढ्दै गयो ।
नगर प्रमुख र नगरपालिका प्रशासनले सूचना दिन आलटाल गरेपछि खोज्दै जाँदा अनियमितताका विभिन्न घटना भेटिएको भन्दै आन्दोलन सुरु गरेको यादवको भनाइ छ ।

यसरी नै आज करिब २०दिन देखि उनिहरु रिले अनशनमा बस्दै आइरहेको छ ।रिले अनशनकारिहरुलाइ साथ दिनको लागि जनमत पार्टी द्वारा आज सबैला नगरपालिकामा भ्रष्टाचार विरुद्ध र्‍याली निकाएको छ । भ्रष्टाचार मेयर राजीनामा दे भन्दै उनिहरु र्‍याली निकालिएको छ।

प्रतिक्रिया





Top