देशभर एसइई उतिर्ण मुसहर र डोम विधार्थीलाई भोरको सम्मान र उच्च शिक्षा अध्ययनमा सहयोग

न्यूज डेस्क     २०७८ आश्विन २६, मंगलवार २२:१३ बजे मा प्रकासित


जनकपुरधाम ।  चरम गरिवी, बन्चितीकरण, अभाव र अशिक्षाको अंध्यारोमा बस्न बाध्य मुसहर र डोम समुदायबाट एसइई २०७७ उतिर्ण विधार्थीहरुलाई नेपाली सिनेमा एवम रंगमन्चका चर्चित अभिनेता नाजिर हुसेनले हिजो जनकपुरधाममा सम्मान गरेका छन् ।

भोरको नेतृत्वमा शक्तिहिनको सशक्तिकरण अभियान र नेपाल राष्ट्रिय मुसहर संघको आयोजनामा आयोजित एसइई २०७७ उतिर्ण मुसहर र डोम समुदायको विधार्थीहरुलाई सम्मान तथा उच्च शिक्षा अध्य्यन गर्न सहयोग घोषणा समारोहमा हिजो जनकपुरधामका रौनियार सेवा समितीको सभाकक्षमा २१५ मसुहर र ४ डोम समुदायका विधार्थीहरुलाई सम्मान गरिएको थियो ।

शक्तिहिनको सशक्तिकरण अभियानका संयोजक अनुप माझीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा कलाकार नाजिर हुसेन प्रमुख अतिथि थिए । देशभरीबाट ३०० भन्दा बढी मुसहर एवम डोम समुदायका एसइई उतिर्ण विधार्थीहरु तथा प्लस टु उतिर्ण, स्नातक र स्नातकोत्तर उतिर्ण विधार्थीहरु तथा सरोकारवालाहरुको सहभागी उक्त समारोहलाई भोरका अध्यक्ष पचुलाल माझीले संचालन गरेका थिए । मुसहर लगायत मधेशी दलित समुदायका अति विपन्न र शिक्षाबाट बन्चित बालबालिकालाई अपौचारीक शिक्षाको मुलधारमा ल्याउन भोरले सन् २०११ बाट देश भरका एसइई उतिर्ण मुसहर विधार्थीलाई एक स्थानमा ल्याई उनीहरुलाई सम्मान गर्ने र उनीहरुलाई उच्च शिक्षा अध्य्यन गर्न छात्रवृति तथा प्राविधिक सहयोग गर्ने कार्यको आरम्भ गरेको थियो ।

सोही अनवरत कार्यको क्रममा यस वर्ष पनि सम्मान समारोह आयोजना गरिएको थियो । सन् २०११ मा शुरुवात गर्दा देश भरिबाट जम्मा दुई जना मुसहर विधार्थी उतिर्ण गरेको थियो र उनीहरुलाई सम्मान गरिए पश्चात उच्च शिक्षा अध्य्यन गर्न भोरले छात्रवृति तथा प्राविधिक सहयोग प्रदान गरेको थियो । क्रमशः सन् २०१२ मा पांच जना, २०१३ मा सात जना, २०१४ मा नौ जना, २०१५ मा ६१ जना, २०१६ मा ९२ जना, २०१७ मा १४८ जना, २०१८ मा १६६ जना, २०१९ मा १७२ जना र २०२० मा ५४ जना मुसहर विधार्थी देश भर एसइई उतिर्ण भएका र भोर द्धारा सम्मानीत भएका थिए । कोभिड १९ महामारीका कारण सन् २०२० मा सम्मान समारोह तथा छात्रवृति सहयोगको गति कम भएको कारण सन् २०२० मा मसुहर विधार्थीको संख्या घटेको भोरको विषलेशन रहेको भोरका कार्यकारी समिती सदस्य नित्यानन्द मण्डल बताउछन् ।

विगत १० वर्ष देखि भोरको नेतृत्वमा स्थापीत दिनाभद्रि छात्रवृति कोषबाट मुसहर समुदायका विधार्थीहरुलाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरिदै आएको भोरका कोषाध्यक्ष उमेश कुमार साहले जनाए । देश र विदेशका मनकारी व्यक्ति तथा संघ संस्थाहरुले दिनाभद्री छात्रवृति कोषमा आर्थिक योगदान गर्दै आएका छन् । हिजो सन् २०२१ मा सम्मानीत २१५ मुसहर एवम ४ डोम समुदायबाट एसइई उतिर्ण विधार्थीहरुले आआफनो पायक पर्ने स्थानमा कक्षा ११ पढन कलेज र विषयको पहिचान गर्नेछ र सो कलेजमा कक्षा ११ र १२ अध्य्यन गर्न कति फि कलेजलाई तिनु पर्ने हुन्छ र कलेजले कति छुट गरि दिन्छ, कलेजका कर्मचारी वा प्रमुख सित छलफल गरी निश्चित गर्नेछ ।

तत्पश्चात विधार्थीले तिर्न नसक्ने न्यूनतम रकमको व्यवस्था भोरले दिनाभद्री छात्रवृति कोषबाट गर्ने योजना रहेको भोरको महासचिव सरोज प्रसाद दुलालले जनाए । यी २१९ विधार्थीहरु मध्ये अध्य्यन गर्ने मुसहर र डोम समुदायका विधार्थीहरुलाई वास्तविक र न्यूनतम रुपमा आवश्यक रकमको लागि श्रोत जुटाउन दिानभद्री छात्रवृति कोषमा सहयोग गरि दिन मनकारी व्यक्ति र संस्थालाई भोरले आग्रह र सहजीकरण गर्ने भोरका संस्थापक राज कुमार महतो बताउछन् ।

प्रतिक्रिया





Top