धनुषा क्षेत्र-३ मा त्रिकोणी चुनावी प्रतिस्पर्धा हुने

मधेशपाटी अनलाइन     २०७८ आश्विन ३०, शनिबार १८:२८ बजे मा प्रकासित



जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृसंगठन नेपाल बौद्धिक पेशाकर्मी केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादवले प्रतिनिधिसभा क्षेत्र नम्बर-३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन ।

को हुन् जितेन्द्र यादव ।
सहिदनगर नगरपालिकाको धबौली टोल निवासी स्थापना कालदेखि मधेशी जनअधिकार फोरम नेपाल, जसपा नेपाल केन्द्रिय सदस्य, नेपाल बौद्धिक पेशाकर्मीका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकिय सचिव हुन् । बिजया दशमीको अवसरमा टिका थाप्ने क्रमको पुर्व सन्ध्यामा संचारकर्मीहरुसंग कुराकानी गर्दै भने, ‘देशकै ठुलो चुनावी प्रतिस्पर्धामा हुने धनुषा निर्वाचन क्षेत्र नम्बर-३ बाट आफुले पुर्ण रूपमा चुनाव लड्न तयारी छु ।’

उपाध्यक्ष यादवले एक प्रश्नको उत्तर दिदै भने, ‘सधै ब्राजिल, अर्जेन्टिना र जर्मनिले मात्रै फूटबल वर्ल्डकप जितदैन सामान्य उत्तर दिएको थियो ।

यस्तै त्रिकोणी राजनिति सरगर्मीका बीच धनुषा निर्वाचन क्षेत्र नं.-३ कै जसपा नेपाल केन्द्रिय सदस्य समेत रहेका महिला नेतृ उर्मिला देवी महतोले भने, ‘मैले पनि धनुषा निर्वाचन क्षेत्र-३ बाट जसपाका उम्मेदवार रहेको बताए हुन् । तर पार्टी पंक्तिले पनि समयमा सहि निर्णय लिनेछ । पार्टीले जसलाई दिएपनि सबै नेता र कर्याकर्ताहरुले मिलेर जिताउने छु । किनकि हामी लोकतान्त्रिक प्रक्रिया र न्यायका पक्षधर जनताहरुका लागि न्यायको जनादेश हामीलाई नै दिएकोले मधेशी, जनजाती आदिवासी अल्संख्यक र विभेदमा परेका समुदायका लागि न्याय नपाउन्जेल संघर्ष जारी रहने बताएका हुन् ।

धनुषा क्षेत्र नं.-३ बाट अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्य छन । महतोसंग पराजित कांग्रेसका प्रभावशालि नेता विमलेन्द्र निधिको पनि निर्वाचन क्षेत्र हो । त्यसैगरी एमालेबाट मन्त्री भइसकेकी नेता जुलि महतोको पनि निर्वाचन क्षेत्र हो । जुली महतो नेकपा स्थायी कमिटी सदस्य रघुविर महासेठकी धर्मपत्नी र उद्योगपति उपेन्द्र महतोको बहिनी हुन् ।

प्रतिक्रिया





Top