सर्लाही, ०७ कार्तिक । सर्लाहीको धनकौलमा नेपाली काँग्रेसको शूभकामना अदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
धनकौल गाउँपालिका वार्ड न. २ स्थित महिला, बालकालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह को आयोजना र गाउँपालिका अध्यक्ष रामअश्रय साहको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री सिंह विगत ६ महिना देखि विभिन्न समाजिक संजालहरुमा नेपाली काँग्रेस दुई गुटमा विभाजित भएको टिकाटिप्पणी गरिएपनि आजको उपस्थित जनसागरले नेपाली काँग्रेस एक ठिक्का नै प्रमाण्ति भएकोे बताउनुभयो ।
नेपाली काँग्रेसको खोल ओडेर कार्यकताको मत लिई भ्रष्टाचार र अराजकता फैलाउने, पार्टीलाई बदनाम गराउन खोज्ने केही दलाल मात्र पार्टी भन्दा बाहिर रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै आफूलाई मधेसीको मसिहा दाबी गर्ने केपी ओलिको दलाल डा. सिके राउतको ईसाशामा प्रदेश २ को अस्थायी राजधानी जनकपुर स्थित नेपाल खानेपानी तथा ढल निकास कार्यलयका निमित्त प्रमुख राजेश कुशवाहा माथि गरिएको अमानविय दुव्र्यहार तथा अराजकता घोर भत्र्सना गरेको प्रदेश सांसद तथा प्रमुख सचेतक ओपेन्द्र प्रसाद कुशवाहा ले बताउनुभयो ।
नेपाल लोकतान्त्रिक र कानुनी राज्य भएको मुुलुक भएकाले कर्मचारीले गल्ती, अपराध या भ्रष्टाचार गरेका थिए भने कानुनी उपचार खोज्नु सट्टा कानुन हातमा लिई अमानविय तरिकाले अर्धनग्न बनाई नगर परिक्रममा गराउनु दण्डनिय अपराध रहेका छन, उनले भने । घटनामा संलग्न जो कोहीलाई कानुनको दायरामा ल्याई कडा कार्वाहीको माग गरेको बताउनुभयो ।
मन्त्री सिंहको निजि निवासमा सम्पन्न भएका शूभ दिपावली तथा छठ पर्वको शूभकामना अदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति राम आश्रय साह, पार्टीका केन्द्रीय सदस्य जंगिलाल राय,
पूर्वमन्त्री एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, जिल्ला सभापति नागेन्द्र राय, प्रदेश २ प्रदेश सांसद तथा प्रमुख सचेतक उपेन्द्र प्रसाद कुशवाहा, पूर्व सभासद हरेश महतो लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया