जनकपुरधाम । धनुषा जिल्लाकाे सबैला नगरपालिका वडा नम्बर ४ जरैहियामा विभिन्न पार्टी प्रत्याघ गरि युवालकार्यकर्ता पुरुष र महिला मिलाएर ११९ जना जनता समाजबादी पार्टी नेपालमा प्रवेश गरेको छ ।
बिकासोन्मुख,पिछडिएका क्षेत्र एवं बहुसमस्याहरुले सदियौदेखी जकडिएको धनुषाको सवैला नगरपालिका ४ स्थित जरैहियामा जसपाको कार्यकर्ता भेटघाट एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
“चुनाव पश्चात् जनप्रतिनिधिको आमजनता संग भेटघाट यहाँ पाँच बर्षपछी मात्र अर्थात बिरलै हुने गर्दछ यहाँ तर आज प्रत्यक्षै प्रमुख अतिथिको रुपमा प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतको दर्शन हुदा असाध्यै खुसी छु,”एक स्थानीयले बताए।
“यो सवैला नगरपालिकाको अति नै बिकट वडा हो किनकी यहाँ नत अस्पताल,न त बिधालय छ।बर्षायाममा झन कमलाको पानीले बाढी ल्याइ दुख दिन्छ,खेतीको जमिनलाइ बगाइ हामी किसानलाइ मर्कामा पार्दछ।धनुषा सिरहा जोड्ने यो कमला नदि पनि त्यतिकै तरेरै पार गर्नुपर्ने हाम्रो बाध्यता छ।हेर्न,अवलोकन गर्न त ठुलठुला ब्यक्तित्व आउछन तर जरैहिया किरतपुरबासिको समस्या कहिल्यै पनि समाधान भएन”, अधिकांस स्थानिय बक्ताहरुले दुखेसो पोखे र माग पनि जाहेर गरे।
जरैहिया जस्तो ठाउमा कम्युनिस्ट र कांग्रेसको पकड बलियो छ तसर्थ यो जसपाको कार्यक्रम गर्न अति नै चुनौती भोग्नुपरेको स्थानिय युवा मनोज पासमानले जनाए।
गत बर्ष २०७७ भादौमा सबैला नगरकै वाडा नम्बर ४मा जसपा नगर कमिटी द्वारा पार्टी प्रवेश कार्यक्रम गरिएको थिए उक्त पार्टी प्रवेशमा स्थानीय युवा राम सुन्दर मुखिया ज्युको नेतृत्वमा पटेर्वाकै महिला पुरुष समेत ६२५जनाले पार्टी प्रवेश गरेका थिए,६२५जनालाई पार्टी प्रवेश गराए पछि स्थानीय राम सुन्दर मुखिया चर्चामा आएको थिए भने,आज पनि राम सुन्दर मुखियाकै पहलमा र स्थानीय जरहैया निवासी ओजिर राइनको नेतृत्वमा पार्टी प्रवेश स्थानीयहरुले गरेका छन।भने नेता मुखियाको पकड बल्यो हुदै गएको छ भने चुनाव जित्ने पनि सम्भावना बढिरहेको स्थानीय युवा नेता कृष्ण कापरले बताएका छन।
पार्टी प्रवेश कार्यक्रममा सयौंको हाराहारीमा फरकफरक दलका नेता कार्यकर्ताले जसपामा प्रवेश गरेको छ भने नवप्रवेसिहरुलाइ फुल माला,गमछा सहित स्वागत प्रमुख अतिथि ,अतिथि एवं बिशिस्ट अतिथिहरुको हातबाट गरिएको छ।
कार्यक्रममा आउने निर्वाचनमा देशभरिमै जसपाको उदय सहित जसपाको नेतृत्व हुने मुख्यमन्त्री लालबाबु राउत गद्दिले जनाए।
कार्यक्रममा जसपा नेता दिपक कार्की,प्रदेश २ मुख्यमन्त्री लालबाबु राउत,प्रदेश सभा सदस्य राम अशिष यादव लगायत विभिन्न क्षेत्रका ,जिल्लाका ,प्रदेशका एवं केन्द्रका प्रतिनिधि सहित नगर अध्यक्षहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया