यी दुई घटनामा हेर्नु, सिरहा एसपीको एमाले सम्बन्ध !

मधेशपाटी अनलाइन     २०७८ कार्तिक १४, आईतवार ०८:३९ बजे मा प्रकासित



टिप्पणी

केहीदिन अघि लहान नगरपालिका ५ नयाँ बजार स्थित गिलेसन कोठा भत्काउँदा नगरपालिकाले बल प्रयोग गरे । आफ्नो जिउ, धन बचाउन खोज्दा व्यवसायीमाथि कुटपिट भयो । मेयर मुनि साहको निर्देशनमा एमालेका कार्यकर्ता, नगरपालिका कर्मचारी, नगर प्रहरीले लठीले कुटपिट गरे । दर्जनौँ व्यक्ति घाइते भए । कानूनी राज्यमा गुण्डागर्दी शैली प्रदर्शन गरेको देखियो ।

घाइतेहरुले कुटपिट, अगंभंग, ज्यान मार्ने मुद्दा लिएर प्रहरीमा पुगे । केही व्यक्तिको दर्ता भयो । केही अझै दर्ता भएको छैन् । उनीहरुले हुलाकबाट पठायो तैपनि दर्ता भएन । अदालतबाट पठाउने प्रक्रियामा रहेको जानकारीमा आएको छ । यहाँ सोच्नु त ? कोही अर्को व्यक्तिले यसरी दिनदहाडै कुटपिट गराएको भए प्रहरीले त्यतिकै छाड्थ्यो ?

पीडितहरुले स्थानीय राजनीतिक दलहरुसँग सहयोग मागे । कांग्रेस, जसपा, नेकपा एकिकृत समाजवादी, माओवादी केन्द्रले व्यवसायीको सहयोग गर्न खटे । त्यसपछि मेयर साहले घटनामा राजनीति भएको र पहिले व्यवसायीहरुले नगर प्रहरीमाथि जाइलागेपछि घटना भएको दाबी गरे ।

देखाउनलाई प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिए । उनीहरुमाथि घटना अनुसारको मुद्दा दर्ता भएन । अभद्र व्यवहार मुद्दा लगाइयो । उनीहरुलाई बीना सर्त रिहाईको माग गर्दै एमाले आन्दोलित भयो । तर, प्रहरीले घटनाको मुख्य योजनाकार मेयर साहलाई बचाउनमा लागे । नेपाली कांग्रेस नगरसभापति सुनिल महतोको घरमै पुगेर एसपी, सिडियोले मेयर साहको नाममा मुद्दामा हटाइदिन आग्रह गरे । महतोले पीडितले कुरामा म केही गर्न नसक्ने प्रतिक्रिया दिएर फर्काए । प्रहरी स्रोतका अनुसार लहानका डिएसपीलाई एसपीले मेयर साहको नाम आएका मुद्दा दर्ता नगर्न दबाब दिएका छन् ।

सिडियो प्रदीपराज कणेलले आफ्नै कार्यालयमा पञ्चायत गराएर घटना मिलापत्र गराउन सहमति गरायो । पीडितहरुले न्याय पाएनन । कानूनको पालना गर्ने अधिकारीबाटै न्याय नपाउनु मानवअधिकार उल्लघंन हो । तर, सिरहाका कुनैपनि अधिकारकर्मी एक शब्द पनि बोलेनन् । अधिकारकर्मी पनि एमाले पार्टीकै भएको यो घटनामा पनि देखायो । पहिले पनि यस्तो आरोप लाग्ने गरेको छ ।

अर्को घटनामा हेर्नु, सिरहा नगरपालिका १८ का एमालेबाट निर्वाचित वडाअध्यक्ष रामसोगारथ यादव लागुऔषध मुद्दामा पक्राउ परे । उनी एमालेको दबाबमा १७ घण्टामै छुटे । प्रहरीले त्यसको साथबाट नभएर होइन, सवारी साधनबाट लागुऔषध बरामद भएको बताए । कसैले फसाउन रोखेको प्रतिक्रिया दिए । प्रहरीलाई सूचना दिने व्यक्ति नै गलत भएको प्रहरीको भनाई छ । के अहिले सम्म सवारी साधनबाट लागुऔषध बरामद हुँदा कसैलाई छोडेको छ ? कानून अन्य व्यक्ति र वडा अध्यक्षको लागि फरक फरक हो र ? अब कुनै घटनामा प्रहरीलाई सूचना दिने व्यक्ति डराउछन कि नाई ?

स्थानीय तहको निर्वाचनमा एसपी हिराबहादुर पाण्डे लहानका डिएसपी थिए । उनी मत गणना स्थलमा शंकास्पद भुमिका खेलेपछि कांग्रेसले तत्कालै मतगणना स्थलबाट बाहिर निकालेका थिए । उनी एमालेका मेयर मुनि साहले जिताउन सहयोग गरिरहेको कांग्रेसको आरोप थियो ।

यी घटनाहरुमा देखादेख एसपी पाण्डे एमालेका नेताहरुको संरक्षणमा उत्रिने गरेको देखिन्छ । उनको भुमिका शंकास्पद देखिएको छ । सुरक्षा निकायको प्रमुख नै यसरी एउटा पार्टीको काम गर्न थालेपछि नागरिकले न्याय कसरी पाउँछ । एसकुमार ले लेखिएको लहान पोस्टमा

प्रतिक्रिया





Top