राधेश्याम कुशवाहा, सर्लाही । सर्लाहीको बह्मपुरी गाउँपालिकामा भएको शूभकामना अदान प्रदान कार्यक्रममा स्वागत मन्तव्य राख्दै समृद्व मधेस र सुखि मधेसीको परिकल्पनाका लागि लोसपाको विकल्प न रहेको अध्यक्ष विनोद कुमार साहले बताउनुभयो ।
मधेसी आन्दोलनमा मधेसी जनताले गरेको बलिदान, त्याग र संघर्षलाई स्मरण गर्दै चुनावमा मधेसी जनता नै निर्णायक हुने बताउनुभयो ।
मधेसी जनताको मत लिएर मधेसमाथि षडयन्त्रपूर्ण राजतिनिक गर्ने दलालबाट सावधान रहन आम नागरिकलाई आग्रह गर्दै सर्लाहीमा समेत सबैभन्दा बढी बहुमत लोसपा नै ल्याउने दाबी समेत गर्नुभयो ।
बह्मपुरी गाउँपालिका वार्ड न. १ स्थित मठ बजारमा शूभ दिपावली तथा छठ पर्वको अवसरमा सम्पन्न भएको शूभकामना अदानप्रदान कार्यक्रममा लोसपाका बरिष्ठ नेता एवं पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतो,
महिला नेतृ चन्दा चौधरी, रानी शर्मा तिवारी, प्रदेश सांसद उपेन्द्र महतो, प्रदेश सांसद गौरी नारायण साह, किसान आन्दोलनका अगुवा नेता राकेश मिश्र, पार्टीका केन्द्रीय सदस्य लालबिहारी यादव, पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद राय यादव, विद्यार्थी नेता अनिल अधिकारी लगायत हजारौं कार्यकताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया