कार्तिक, २३ सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा नेपाल कुशवाहा कल्याण समाजको शूभकामना अदानप्रदान तथा २०७८ को जनगणा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
गोडैता नगरपालिका वार्ड न. २ जयपुर स्थित श्री जनता आधारभूत विद्यालयमा गेडैता नगर कार्य समितिको अध्यक्ष रामईश्वर महतो को अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा तराई मधेसको सबैभन्दा ठूलो पर्व छठपर्वको शूभकामना अदानप्रदानको साथै २०७८ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुन लागेको जनगणा सम्बन्धि विषयमा छलफल गरिएको भरत महतो ले जानकारी दिुनभयो ।
कुशवाहा जातिको बसोबास मेचि देखि महाकाली सम्मका तराई मधेसका सबै जिल्लाहरुमा रहेपनि जातिले प्रयोग गर्ने फरक फरक थरका कारण वास्तविक जातिय संख्या पहिचान हुन सकेका गुनासो गरे ।
कुशवाहा जातिको जनसंख्या नेपाल सरकारको रेकर्डमा विगतमा कम देखिएको हुदाँ बढी भन्दा बढी देखाउन र व्यवस्थित गर्न कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मुल गणना गर्न घर घरमा गणकहरु आउने भएका हुदाँ सो गणकबाट भरिने फारमा जात जातिको नाम कोईरी ÷कुशवाहा कोड १८ मा घेरा लगाउन, लेख्न र लेखन लगाउनका लागि सबै सहभागिलाई आग्रह गरिएको बताए ।
नेपाल कुशवाहा बिद्यार्थी कल्याण समाज जिल्ला अध्यक्ष भरत महतो को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई संचालन शंकर महतोले गरेका थिए ।
नेपाल कुशवाहा कल्याण समाज नगर कार्यसमिति गोडैता, सर्लाहीद्वारा आयोजित छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा २०७८को जनगणना सम्बन्धि छलफल कार्यक्रममा प्रमुख अतिथि नेपाल कुशवाहा कल्याण समाज केन्द्रीय कोषाधयक्ष महेन्द्र महतो,
जिल्ला अध्यक्ष लक्ष्मण महतो, भुनेश्वर महतो, बिरबहादुर महतो, रामनाथ कुशवाहा, फकिरा महतो, बेचन महतो, वार्ड न. २ का वडाअध्यक्ष भोला महतो, वार्ड न. १२ का वडाअध्यक्ष सम्भु नारायण कुशवाहा लगायत भारी संख्यामा कुशवाहा समुदायका व्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया