धनुषा: सबैला नगरपालिकामा छठ घाटमा भब्य स्वागत ।

न्यूज डेस्क     २०७८ कार्तिक २६, शुक्रबार ०५:५३ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाकाे सबैला नगरपालिका वडा नम्बर १० सिमराढीकाे गढी घाटमा लगायत अन्य ठाउमा हिन्दुहरुकाे महान छठ पर्वको अवसरमा विधिवत रुपमा शुभारम्भ गरेको थियो । प्रत्येक वर्ष जस्तै छठ पुजा बाजागाजा सहित लाग्ने भब्य तवरले विधी अनुसार बुधबार विशेष विधीपुर्वक गरि छठ घाटमा घुमेर पुजा गरिदिन अनुराेध गरिएको थियो ।

क. सबिता देवी यादव क.जगदीश यादव र समाजसेवी हरेराम (नथुनि) यादव सहित सबैला नगरपालिकामा रहेको छठ घाटमा सिमाराढी ठिल्ला, सबैला,मखनाहा,मट्टहि लगायत गाउबासीहरुले भब्य स्वागत गरेको थिए ।

समाजसेवी हरेराम (नथुनि) यादव पटकपटक पिडितलाई घरमा पुगेर नगद सहयोग गरिदै आइरहेको विभिन्न मिडियामा समाचार आइरहेको हुन्छ ।

घाट घाटमा पुगे स्वर्गीय क.योग नारायण यादवको धर्मपत्नी क. सबिता यादव छठ पुजाकाे घाटमा पुगने बितिकै भब्य स्वागत गरिदै महिलाका उत्साह याे पुजा संतान रक्षाका लागि वा संतान नभएका लिन लागि भगवान लाई अराधना गरि छठ मनाइने मिथिलामा प्रचलन रहेकोले गाउमा रहेको क्लबका अध्यक्ष सचिव सदस्य लगायत गाउका भल्भलादमी बुद्धिजीवी सहित उपस्थिति रहेको थिए ।

एमालेका स्व. नेता योगनारायण यादवकी पत्नी सविता यादवले छठ पुजाकाेे उपलक्ष्यमा छठ घाट गएर घुमघाम सहित महिलाको कठाेर ब्रत छठ पुजा बताएकी छन् । कोरोना संक्रमणबाट एमाले नेता याेगनरायन यादवको निधन भएपछि धनुषाको क्षेत्र नं. १ मा एमालेको नेतृत्व कस्ले गर्ने भन्ने चर्चा परिचर्चाका बिचमा स्व. यादवकी धर्मपत्नी सबिताले स्व. यादवको वाँकी सपनाहरु पुरा गर्न स्वयम सक्षम रहेको भन्दै प्रत्यक्ष राजनितिमा उत्रिएको हाे ।

छठ पर्व खासगरी मधेशमा आफना सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् ।

प्रतिक्रिया





Top