रौतहटको कटहरियामा प्रचण्ड आउने भए पछि त्यसको भब्य त्यारी शुरु , कार्तिक २९ गते प्रचण्ड आउने

मधेशपाटी अनलाइन     २०७८ कार्तिक २८, आईतवार ०२:४९ बजे मा प्रकासित


रबिन्द्र प्रजापति , कार्तिक २८ गते रौतहट ।

रौतहटमा प्रचण्ड आउने भए पछि त्यसको भब्य त्यारी शुरु गरिएको छ । नेकपा पार्टी बिभाजन पछि पहिलो पलट प्रचण्ड रौतहट आउन लागको हो ।
जिल्लाको चर्चित बजार कटहरियामा यही कार्तिक २९ गते हुने माओबादी केन्द्रको बृहत बिशाल जन सभा कार्यक्रमलाई सम्बोधन गर्न रौतहट आउन लागिएको माओबादी केन्द्रले जनाएको छ।
यही कार्तिक २९ गते प्रचण्ड आउने कार्यक्रम भए पछी त्यसलाई लियर कटहरिया बजारमा माओबादी केन्द्रले भब्य त्यारी गरि रहेको माओबादी केन्द्रका नेता नसरुदीन अंसारीले जानकारी दिनु भयो ।
जन सभाको लागि स्टेज र पंण्डाल बनाउने कार्य अन्तीम चरणमा पुगेको माओबादी केन्द्रका युवा तथा समाजसेवी नेता समेत रहेका अंसारीले जानकारी दिनु भयो ।  ।
कटहरिया बजारमा हुने बिशाल जन सभामा देशको पछिलो राजनितीक घटना क्रमलाई लियर सम्बोधन गर्न आउन लागिएको पार्टी श्रोत निकटले जनाएको छ ।
मधेशमा आफनो पार्टीलाई मजबुत बनाउन्न र पार्टीलाई एकताबद्ध गर्न आउन लागिएको नेता अंसारीले जनाएको छ ।

प्रतिक्रिया





Top