जनकपुरधाममा निषेधाज्ञा थप …

मधेशपाटी अनलाइन     २०७८ कार्तिक २८, आईतवार १९:२६ बजे मा प्रकासित


प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम स्थित दुई समुदाय बिच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञालाई बढाइएको छ ।

 

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै लगाएको निषेधाज्ञालाई मंगलबार राति १० बजेसम्मको लागि बढाईएको हो ।

 

 

प्रजिअ बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै कुनै प्रकारको भेला जुलुस,प्रदर्शन, घेराउ, रयाली, भेला जस्ता क्रियाकलाप गर्न नपाउनेने गरि निषेधाज्ञा आदेश जारी गरेको हुन् ।

 

 

पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।

 

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० स्थित देवपरा रुपैठामा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दु मुस्लिम समुदायबिच विवाद भएको र सोही विवाद शनिवार उग्ररुप लिएपछि स्थानीय प्रशासनले शनिवार निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया





Top