रौतहटको एक स्थानीय तहले आफ्नो नगरपालिका अन्तरगत पर्ने सामुदायिक बिधालयलाई भाडा वर्तन हस्तान्तरण

न्यूज डेस्क     २०७८ मंसिर १, बुधबार ०७:३६ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, मंसिर १ गते रौतहट । 

रौतहटको एक स्थानीय तहले आफ्नो नगरपालिका अन्तरगत पर्ने सामुदायिक बिधालयलाई दिवा खाजा बनाउन भाडो उपलब्ध गराएको छ ।

जिल्लाको कटहरिया नगरपालिकाले नगरभरीका २४ औं सामुदायिक बिधालयलाई मंगलबार नगरपालिकाको प्राङनमा आयोजित एक कार्यक्रमका बिच कटहरिया नपा। प्रमुख सियाराम कुशवाहाले सो सामाग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत राम प्रकाश साह ले जनाएको छ । सोमबार मेयर कुशवाहाले कटहरिया नपा। वडा नं–५ मा रहेको जनता माबिका छात्राहरुलाई साइकल वितरण गरिसके पश्चात यो एक पछि अर्को सराहनीय कार्य रहेको जनता माबिका प्र।अ। योगेन्द्र प्रसाद कुशवाहाले बताएको छ। आफ्नो नगर भरिका सम्पुर्ण बिधालयलाई दिवा खाजा बिधार्थीको लागि सहजहोस् भन्ने उदेश्यले नगरपालिकाको बिशेष सहयोगले डेक्ची , प्रेसर कुकर , फलामको कराही तावा , बाल्टिन , जग , ग्यास सिलिन्डर भटी चुल्लो, ग्यास चुल्हो , ठोस नाप्ने भाडो , तरल नाप्ने भाडो लगायतका सामाग्री बिधालयका प्रधानध्यापकहरुलाई हस्तान्तरण गरेको शिक्षा शाखा प्रमुख अनिल कुमार निधिले बताए ।

सामुदायिक विद्यालयमा विद्यार्थी नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्कफुड लगायत बाहिरी खानेकुराको प्रयोगलाई घटाउने उदेश्यले दिवा खाजा कार्यक्रम ल्याएको मेयर कुशवाहाले बताउनु भयो ,

अब विद्यालयमै आर्गानिक खाजा पकाएर खुवाउने प्रबन्ध मिला दिनु हुन मेयर कुशवाहाले सबै विद्यालयका प्रधानध्यापकहरुलाई आग्रह गरेको छ ।

दिवा खाजा कार्यक्रमलाई व्यवस्थित तथा प्रभावकारी रूपमा विद्यालयमै बनाएर खाजा खुवाउन र सबै दिन फरक फरक खालको खाजा खुवाउदा बिद्यार्थीहरु पनि स्वास्थ रहने र शिक्षामा पनि आकर्षित हुने मेयर कुशवाहाले बताएको छ ।

नगरपालिकाको प्राङनमा आयोजित सो कार्यक्रममा अतिथिहरु नगर प्रमुख सियाराम कुशवाहा , प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह , शिक्षा शाखा प्रमुख अनिल कुमार निधि,योजना शाखा प्रमुख राम नरेश राय यादव , जनता मा। बि।को प्र। अ। योगेन्द्र कुसवाहा , बिर्ती, डुमरिया, हर्षहा, हथियाही , बलिरामपुर , फतेपुर बिधायालय लागायतका प्रधानाध्यापक हरुको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको जिन्सी शाखा प्रमुख छोटेलाल मिश्रले जनाएको छ।

प्रतिक्रिया





Top