समभु पण्डित ,जनकपुरधाम । धनुषा जिल्लाकाे सबैला नगरपालिका अन्तर्गत जन विकास युवा क्लब सबैला न.पा १ वडाका आयाेजकले लाेकतान्त्रीक समाजवादी पार्टी नेपाल सबैलाका नगर कार्यसमिति रामचन्द्र जयसवालले भने खेलकूदबाट विभिन्न समाजलाई एकतावद्ध गर्न सकिने बताएका छन् ।
छठ पर्वको अवसरमा आयोजित जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिताको समापन समारोहमा बोल्दै रामचन्द्र जयसवालले खेलकूदको मार्फत विभिन्न समुदायमा सदभाव कायम राखी विभिन्न ठाउँका युवा खेलाडीहरुलाई एकतावद्ध गर्न मदद गर्ने बताए । खेलकूदको माध्यममबाट जिल्ला र प्रदेश नाम राष्ट्रिय स्तरमा समेत चिनाउन सकिने बताउँदै उनले खेलकूद समाजको अभिन्न अँगको रुपमा स्थापित हुँदै गएको जीकिर गरे ।
उनले भने – “खेलकूद नै यस्तो माध्यम हो जसले जिल्ला जिल्ला, प्रदेश प्रदेश र देश देशलाई जोडेको छ ।
छठ पर्वको अवसरमा क्रीकेट खेललाइ निरन्तरता दिदै जिल्लाको सबैला नगरपालिका सबैलामा क्रीकेट टीमले आयोजना गरेको जिल्लास्तरीय खुल्ला क्रीकेटमा कलियान्पुर टीमलाइ पछि छोड्दै जरहिया जित हासिल गरेको हो । मंगलबार क्रीकेट मैदानमा टस जितेर जरहिया ब्याटिङ रोजेपछि खेल आरम्भ गरिएको थियो ।
खेलकूद मात्र हारजीतको नभएर सदभाव र सम्बन्धको लागि पनि खेलिन्छ । यसको माध्यमबाट विभेद रहीत समाज निर्माण गर्न सकिन्छ र खेलकूदकै मार्फतबाट सभ्य समाजको निर्माण पनि गर्न सकिने सम्भावना उत्तिकै छ । जिल्लाका युवाहरुको लागि स्थानीय सरकारले खेलकूद विकासको लागि बेग्लै योजना ल्याउने थियो तर ल्याउन सकिएन जानकारी गराउन चाहन्छु ।”
जसमा जरहियाले कलियान्पुर टीमलाई २ सय १६ रनको लक्ष्य दिदै आफ्नो पारी समाप्त गरेको थियो। दोस्रो पारि खेलेका कलियान्पुर टीमले आफ्नो सम्पुर्ण विकेट गुमाउदै मात्र १७६ रन जोडेर रनर अप बन्न पुगेको थियो ।
जन विकास युवा क्लुबका अध्यक्षता सुशील राउत एवम् लाेकतान्त्रीक समाजवादी पार्टी नेपाल सबैलाका नगर कार्यसमिति रामचन्द्र जयसवालले प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतियोगितामा जरहिया प्रदर्शन बलियो भएपछि विजयी हाँसिल गर्न सफल भएको थियो । सो कार्यक्रमको दौरान खेलाडीहरुलाई जयसवाले विजेता टीमलाई २५ हजार रुपैयाँ तथा दोस्रो भएको टिमलाई १५ हजार गरी ( तगमा) शिल्ड समेत प्रदान गरेका थिए ।
उक्त खेलमा म्यान अफ द सिरिज र बेस्ट बलर जरहिया खेलाडी क्रमशः महासेठ तथा ठाकुरलाई नगद सहित प्रदान गरिएको छ।
आयोजक टिमबाट बेस्ट ब्याट्स म्यानको उपाधी सहित सवैलाइ सम्मानित गरिएको हो।
कार्यक्रममा जनमत पार्टी लगायतका नेता कार्यकर्ता हरुको सभागिता थिए ।
लाेकतान्त्रीक समाजवादी पार्टी नेपाल सबैलाका नगर कार्यसमिति रामचन्द्र जयसवालले विशेष उपस्थितिमा सँचारकर्मी शम्भु पण्डितलाई समेत प्रसंशा गरि चादर मालाले प्रदान गरी सम्मान गरेको थियो ।
प्रतिक्रिया