रौतहटको गौर कारागारमा कैदि जिवन बिताइ रहेका एक जना कैदीले गरे आत्मा हत्या

मधेशपाटी अनलाइन     २०७८ मंसिर १, बुधबार २१:४१ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, मंसिर १ गते रौतहट । 

रौतहटको गौर कारागारमा कैदि जिवन बिताइ रहेका एक जना कैदीले आत्मा हत्या गरेका छन् ।

जिल्ला कारागार रौतहटमा देवाही गोनाही नगरपालिका–७ प्रेमपुर गोनाहीका लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका कारागाराका निमित्त प्रमुख शम्भु प्रसाद यादवले बताए ।

२०७६ वैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

बुधबार साह शौचालय गएर लामो समयसम्म नआएपछि कैदी बन्दीहरु हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेका कारागारका निमित्त प्रमुख यादवले बताए ।

कारागारभित्रकै शौचालयमा उनी झुण्डिएको अवस्थामा अरु कैदीले देखेका रहेछन्, उनले भने, ‘शौचालय भित्र तौलियाले पासो लगाएको अवस्थामा फेला परेका साहलाई हामीले तत्कालै अस्पताल पु¥याएका थियौं ।’

तर जिल्ला अस्पताल गौरमा ल्याउँदा मृत्यु भइसकेको अस्पताले जनाएको छ ।

उनले किन आत्मा हत्या गरे भन्ने बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया





Top