करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

मधेशपाटी अनलाइन     २०७८ मंसिर १, बुधबार २१:५७ बजे मा प्रकासित



रबिन्द्र प्रजापति, मंसिर १ गते रौतहट ।
रौतहटमा करेन्ट लागेर एकजना यूवकको मृत्यु भएको छ । जिल्लाको गरूडा नगरपालिका वडा नं. ५ महम्मदपुरका स्थानीय गोति राय यादवको २६ वर्षीय छोरा नन्दकिशोर यादवको बुधवार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यादवले विद्युतको तार लगेर मोटर बाट खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ
शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया





Top