‘प्रचण्डकाे आम–सभामा मास जुटाउन ‘सार्वजनिक विदा

मधेशपाटी अनलाइन     २०७८ मंसिर २, बिहीबार ०९:२० बजे मा प्रकासित


जनकपुरधाम । नेकपा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहेकाे आम–सभामा मास जुटाउन भन्दै महाेत्तरीकाे एक स्थानीय तहले अस्वभाविक रूपमा सार्वजनिक विदा दिएकाे छ।

बुधवार रामगाेपालपुरमा माओेवादी केन्द्रले आयाेजना गरेकाे आम–सभालाई लक्षित गरेर नगरपालिकाले सार्वजानिक विदा दिएकाे थियाे। जसकाे अहिले देशभर व्यापक आलाेचना भैरहेकाे छ।

रामगाेपालपुरका स्थानीयहरू भेला नभएपछि गत हप्ता राेकिएकाे सभामा नगरपालिकाले सार्वजनिक विदा दिएर लाजमर्दाे हर्कत गरेकाे नेकपा एमाले महाेत्तरीका एक सदस्यले आराेप लगाएका छन्। उनले भने, ‘सार्वजनिक विदा दिएर प्रचण्डकाे आमसभामा स्थानीय जम्मा गरियाे।’

अध्यक्ष दाहाल गत शनिबार रामगाेपालपुरकाे सभाका लागि काठमाडौँबाट हिँडे पनि स्थानीय भेला नहुने संकेत पाएपछि जनकपुरबाटै फर्किएकाे माओेवादी केन्द्रकै एक जिल्ला सदस्यले दाबी गरेका छन्। तर, दाहालकाे सचिवालयले भने स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनी सभा स्थगित गरेर काठमाडौँ फर्किएकाे बताएकाे थियाे।

बुधबारकाे आम–सभामा पूर्वप्रधानमन्त्री दाहाल नै प्रमुख अतिथि थिए। आम–सभा अघि उनले यसै नगरपालिका–२, ३, ४, ६, ७, ८ र ९ वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरूकाे उद्घाटन गरेका छन्।

प्रतिक्रिया





Top