रौतहटको कटहरियामा हावा टंकी पड्किएर एकको मृत्यु एक जना घाइते

मधेशपाटी अनलाइन     २०७८ मंसिर ३, शुक्रबार १८:०५ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, मंसिर ०३ गते रौतहट ।

रौतहटको कटहरिया बजारमा हावा टंकी पड्किएर १ युवाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन । मृत्यु हुनेमा मोटर ग्यारेज संचालक कटहरिया ५ का गोबरी मियांको छोरा २०वर्षीय समसुल मियां रहेका छन। पड्केको हावा टंकिको एउटा भाग उछिटेर समसुलको टाउको लागेर गहिरो घाउ खत बनेको थियो । हावा टंकिकै फुटेको भाग उछिटेर समसुल संगै ग्यारेजमा बसिरहेका स्थानीय बर्ष २५ का जैसी यादवको दाहिने हातमा गम्भीर चोट लागेको छ । यादवको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागी बाहीर रेफर गरिएको प्रहरीले जनाएको छ
समसुलको टाउकोको गिद्वी समेत फुटेको छ । अचेत अवस्थामा रहेका समसुल मियांलाई स्थानीय अस्पतालमा उपचार हुन नसके पछि एम्बुलेन्स बाट उपचारको लागि बिरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादवले बताएका छन ।

प्रतिक्रिया





Top