धनुषा: ३ बर्षिय बालिका बलात्कार आरोपमा ७५ बर्षिय साधु बाबा गिरफ्तार

न्यूज डेस्क     २०७८ मंसिर ४, शनिबार ०६:०८ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ९ स्थित ईच्छापुरबाट एक मन्दिर मा आश्रयलिने बाबालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

मन्दिरमा खेल्न गएकी तीन बर्षिय बालिकालाई सोही मन्दिरमा आएका एक बाबाले ब लात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

शुक्रबार बिहानै घरबाट मन्दिरमा खेल्न गएका ती बालिकालाई आफूलाई बाबा भन्ने अन्दाजी बर्ष ७५ को वृद्धले बालिकालाई ब लात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विहानै यस्तो घटना हुँदा रुदैँ घर गएकी बालिकाले आमासँग भन्दा उनकी आमा जोडजोडले चिच्याएपछि छिमेकीहरु जम्मा भएको थियो । छिमेकीहरुले समेत थाहा पाएपछि भाग्नै लागेका ती बाबालाई समातेर प्रहरीलाई जिम्मा लगाएको बताइएको छ ।

घटना भएपश्चात गाउँमा हल्ला भएपछि आफूलाई बाबा भन्ने ती व्यक्ती मन्दिरबाट भाग्न खोजेका थिए । उनलाई गाउलेहरुको सहयोगमा तत्काल पक्राउ गरिएको थियो । उनलाई पक्राउ गर्नको लागि प्रहरीको टोलीपनि सँगै थियो ।

घटना बारे बिस्तृत अनुसन्धान हुँदै गरेको भन्दै मेडिकल रेपोर्ट आए पछि मात्र अनुसन्धान गहिरो हुने इलाका प्रहरी कार्यालयका निरीक्षक तिलक सुनारले जानकारी दिए ।

प्रतिक्रिया





Top