कात्तिक पूर्णिमा कमला नुहाउन गएका एक पुरुष नदीमा डुबेर मृत्यु

मधेशपाटी अनलाइन     २०७८ मंसिर ४, शनिबार ०६:४६ बजे मा प्रकासित


नकपुरधाम । सिराहाकाे कर्जन्हा नगरपालिका वडा नम्बर १ उत्तराहनीस्थित कमला नदीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ ।

कात्र्तिक पूर्णिमा नुहाउन कमला नदी आएका क्षेत्रीको शुक्रबार बिहान डुबेर मृत्यु भएको छ । मेलास्थल सुरक्षार्थ बन्दिपुरबाट खटिएका सुरक्षाकर्मीले स्थानीयको सहयोगमा क्षेत्रीको शवलाई पानीबाट बाहिर निकालेर मुचुल्का उठाउने काम भएको छ ।

मृचुल्का उठाई शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । कमला नदीको उत्तराहनीयमा कार्तिक पूर्णिमाको अवसरमा भव्य भूत मेला लागेको छ ।

मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका ५ बस्ने ३५ वर्षीय प्रदीप राय क्षेत्री रहेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायब निरीक्षकले पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया





Top