सशस्त्र प्रहरीद्धारा यात्रुवाहक बस बाट अबैध घरेलु मदिरा बरामद

मधेशपाटी अनलाइन     २०७८ मंसिर ४, शनिबार ०७:१८ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, मंसिर ०४ गते रौतहट ।

रौतहट स्थित सशस्त्र प्रहरीले यात्रुवाहक बस बाट अबैध घरेलु मदिरा बरामद गरेको छ । सशस्त्र बेस क्याम्प दुधियाभरको टोलिले चन्द्रपुर गौर सडकखण्ड अन्तर्गत नियमित चेकजाँचको क्रममा शुक्रबार ना८ प ७३३६ नम्बरको लोकल बस बाट उक्त मदिरा बरामद गरेको हो ।

बसको डिकि भित्र लुकाएर बोराले छोपेर राखेको उक्त १५ ग्यालेन १८० लिटर मदिरा टोलिले चेकजाँच गर्दै जांदा बरामद भएको सशस्त्र बेस क्याम्प दुधियाभरका प्रमुख ईन्स्पेक्टर मदन रसाईलिले बताएका छन ।
बरामद मदिरा स्थानीय जनप्रतिनिधि,संचारकर्मी,तथा भद्र भलादमिको रोहवरमा शनिवार बेस क्याम्प छेउमै नस्ट गरिएको छ ।

प्रतिक्रिया





Top