जनकपुरधाम । नेपाली काँग्रेसका उप–सभापति विमलेन्द्र निधि र प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव विच सुलहकालागि शुक्रवार संगै डिनर गरेका छन् ।
शुक्रवार काठमाण्डुवाट जनकपुरधाम पुगेका उप–सभापति निधि जनकपुरधाम विमान स्थलवाट सिधा मधेश भवन भित्र रहेका मन्त्री यादवको क्वाटरमा पुगेका थिए ।
केही दिन यता उप–सभापति निधि र मन्त्री यादव विच सम्वन्ध चिसिएको छ । सभापतिको आकांक्षि उप–सभापति निधिले पार्टीको महाधिवेशनकालागि जारी काँग्रेसको अधिवेशनका क्रममा वडाअधिवेशनमा निधिका उम्मेदवारलाई भारि संख्यामा पराजित गरेपछि निधि शुक्रवार जनकपुरधाम आएर यादव संग सम्वन्ध सुधार गर्न लागेको हो ।
आज उप–सापति निधि र मन्त्रि यादव विच थप छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया