प्रहरी चढेको ट्रक दुर्घटना हुँदा २४ प्रहरी घाइते, जसमा दुईजनाको अवस्था चिन्ताजनक

मधेशपाटी अनलाइन     २०७८ मंसिर ४, शनिबार ०९:५१ बजे मा प्रकासित


उदयपुर । उदयपुरमा प्रहरी चढेको ट्रक दुर्घटना हुँदा २४ प्रहरी घाइते भएका छन् । जसमा दुईजनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार कामको सिलसिलामा कटारीबाट गाईघाटतर्फ आउने क्रममा प्रहरी कार्यालयको बा १ ग २१६७ नम्बरको ट्रक गए राती दुर्घटना भएको हो ।

गम्भीर घाइते १७ जनाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

घाइतेहरु मध्ये दुई जनाको अवस्था चिन्ताजनक छ ।

दुई जना जिल्ला अस्पताल उदयपुर र दुई जना त्रियुगा हस्पिटल गाईघाटमा उपचार चलिरहेको छ भने एकजना सामान्य उपचारपछि फर्केको प्रहरीले जनाइएको छ ।

राती करिब ९ बजेको समयमा गाईघाट–कटारी सडकखण्डको उदयपुरगढी गाउपालिका ७ अँधेरी भन्ने ठाउँमा दुर्घटना भएको थियो । ओरालोमा ट्रकको ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया





Top