रौतहटको कटहरियामा माओबादी केन्द्रको बिशाल आम सभास संम्पन

न्यूज डेस्क     २०७८ मंसिर ४, शनिबार २०:११ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, मंसिर ०४ गते रौतहट । 

रौतहटको कटहरियामा माओबादी केन्द्रको बिशाल आम सभास संम्पन भएको छ । माओबादी केन्द्र रौतहट र जिल्ला समनव्य समिती रौतहटको आयोजनामा कटहरिया बजारमा भएको बिशाल आम सभालाई समबोधन गर्न प्रचण्ड रौतहट आएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण संविधान संशोधन हुन नसकेको बताएका छन ।

अध्यक्ष प्रचण्डले आफु दोश्रो पटक प्रधानमन्त्री हुँदा मधेशी जनताको अधिकार र माग सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा लगेर दर्ता गरेपनि केपी ओलीले पारित हुन नदिएको आरोप लगाएका छन ।
संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्दा पनि पारित हुन नदिने ओली मधेश र राष्ट्रविरोधी भएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रौतहटले शनिवार कटहरियामा आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अपुरो संविधानलाई पुर्णता दिन दुई पटक संविधान संशोधन प्रस्ताव लैजाँदा ओलीकै कारणले सफल हुन नसकेको दाबी गरे ।

वर्तमान संविधानले मधेशी, थारु, मुस्लिम, महिला, दलित, आदिवासी तथा जनजातिलाई जति अधिकार दिनुपथ्र्यो त्यती दिन नसकेकोले यी उत्पीडनमा परेको अर्थात पुर्ण रुपमा अधिकार पाउन नसकेको समुदायको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने गरेको प्रयास मधेश विरोधी ओलीका कारण सफल हुन नसकेको उनले बताए ।

केपी ओली र एमाले गुट मधेश र राष्ट्रविरोधी हो,’ प्रचण्डले भने, ‘मैले संशोधन प्रस्ताव दर्ता गर्दा पारित हुन नदिने खलनायक केपी ओली थिए ।
केपी ओली मधेश विरोधी, उत्पीडित जनताको विरोधी, मधेशी जनतालाई अधिकार दिने कुराको विरोधी, लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधी समेत रहेको प्रचण्डले आरोप लगाए ।

मधेशको माग पुरा गर्न नचाहेको र संविधान संशोधन गर्न असहयोग गरेकै कारण ओलीलाई जनताले अहिले सडकमा पुरयाएको उनले बताए ।
मधेश विरोधी खलनायक ओलीलाई साथ दिएर महन्थ ठाकुर र राजेन्द्र महतो समेत मधेश विरोधी रहेको कुरा प्रमाणित भइसकेको समेत उनले बताए ।
प्रचण्डले माओवादीले पहिलेदेखि नै मधेशीहरुको पक्षमा रहेको भन्दै उनले मधेस विरोधी ओली, एमाले र महन्त–राजेन्द्रहरुको कारण अहिलेपनि संविधानमा मधेसको विषय प्रष्ट हुन् नसकेको बताए ।

उनले आफूलाई मधेसको मसिहा भन्ने राजेन्द्र महतो र महन्त ठाकुर पनि ओलीसँग लम्पसार पर्दा मधेसको विषय संविधानमा संसोधन हुन नसकेको बताए । उनले राजेन्द्र र महतो पनि मधेशको विरोधी भएको बताए ।मधेशी जनताको अधिकारका लागि लडने बताउने ठाकुर र महतो मधेशी जनताको माग र मुद्धालाई पाखा लगाएर प्रतिगमनकारी एवं मधेशी जनताको अधिकार विरोधी ओलीको पुच्छर बनेको समेत उनले आरोप लगाए ।

मधेशी जनताको हक अधिकार, पहिचान र मुक्ति अब एक मात्र पार्टी माओवादी केन्द्रले नै दिलाउन सक्ने अध्यक्ष प्रचण्डले बताए ।
संविधान संशोधन र मधेशी जनताले पुर्ण रुपमा अधिकार नपाएसम्म माओवादी केन्द्रले अन्तिम समयसम्म लडिरहने प्रचण्डले बताए ।
प्रचण्डले माओवादीविरुद्ध मधेशमा विभिन्न किसिमका भ्रम फैलाउन खोजिएको भन्दै अब त्यो टुटेको र आउँदो निर्वाचनमा प्रदेश २ मा माओवादी पहिलो पार्टी बन्ने दाबी समेत गरे ।

माओवादी अध्यक्ष प्रचण्डले बन्द अवस्थामा रहेको रौतहटको श्रीराम सुगर मिललाई सुचारु गराउन प्रयास गर्ने विश्वास दिलाएका छन । त्यस्तै लालबकैया र बागमति नदिबाट वर्षेणी हुने कटानलाई समेत नियन्त्रण गर्न आफु सक्दो प्रयास गर्ने र कटहरियामा मालापोत कार्यालय,कृषि विकास बैंक सहितको सरकारी कार्यालयहरु स्थापना गराउन आफूले पहल गर्ने आश्वासन दिनु भएको थियो ।

त्यस्तै प्रचण्डले रौतहट क्रान्तीकारी विरहरुको जिल्ला रहेको बताउनु भएको छ । जस्तो सुकै परिस्थीतीको सामना गर्ने लालकिलाको रुपमा यो जिल्ला रहेको बताउनु भएको छ ।
प्रचण्डलाइ ५१ किलोको मालाले कटहरियामा स्वागत गरिएको थियो । जनसभामा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको भव्य उपस्थिती रहेको थियो ।

अर्को प्रसङ्गमा बोल्दै अध्यक्ष प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् ।
रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे ।

अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन उनले भने ।

एमालेलाई लक्षित गर्दै प्रचण्डले भने, ‘मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।
प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी गरे । उनले आफू काठमाडौं फर्किनेवित्तिकै श्रीराम सुगर मिल सञ्चालन गर्ने विषयमा छलफल गर्ने पनि बताए ।

प्रतिक्रिया





Top