मटिहानीमा राष्ट्रपतिको स्वागत तयारी पुरा

न्यूज डेस्क     २०७८ मंसिर ६, सोमबार ०७:१८ बजे मा प्रकासित


महोत्तरी । महोत्तरी जिल्लाको मटिहानीमा सोमवार राष्ट्रपति विद्या भण्डारी आउने भएकोमा उनको स्वागतको तयारी पुरा भएको छ ।

मटिहानीका सडकहरु पखालिएका छन । सडकहरु मर्मत र सरसफाई गरिएको छ । झिलिमिली बत्ती जलाइएको छ । उनको स्वागतमा विभिन्न प्रवेश द्वार निर्माण गरिएको छ । चारै तिर सुन्दर र चिटिक्क पारिएको छ । आफ्नो ठाउमा राष्ट्र प्रमुख आउन लाग्दा स्थानियहरु खुशी छन । राष्ट्रपतिको स्वागतमा कुनै कसर बाकि नराख्ने स्थानिय र जनप्रतिनिधीको धोको छ । सवै सोहि अनुरुप तयारीमा जुटेका छन् ।

मटिहानी स्थित सिमासंगै जोडिएको मटिहानी रंगशालाको उदघाटन, वि.सं. १७७५ मा स्थापना भएको नेपालकै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, पाचसय पचास वर्ष भन्दा वढीको ईतिहास बोकेको मटिहानी स्थित लक्ष्मी नारायण मठ र राजा जनकको राजधानी जनकपुरको चारकुनामा स्थापित चार महादेव मध्येको एक जलेश्वर स्थित जलेश्वरनाथ महादेवको दर्शन लगायतको राष्ट्रपतिको कार्यक्रम रहेकोमा उनको स्वागतको सम्पुणर् तयारी पुणर् भैसकेको मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले वताए ।

“हामी राष्ट्रपतिको आगमनको लागि पुणर् तयारी अवस्थामा छौ । राष्ट्रपतिको आगमनले भारतसंग सिमा जोडिएको नेपालको एक अभिन्न अंग र पौराणिक एवं धार्मिक स्थल मटिहानी र वरिपरीको क्षेत्र र पालिकाहरुका जनताहरु निक्कै हर्षित भएको र उहाको आगमनले यस क्षेत्रको विकासमा थप मद्दत पुग्ने आशा वढेको छ । मटिहानी शिक्षा,धर्म,संस्कृती सवैको ऐतिहासिक र पौराणिक प्रमाणको रुपमा रहेकोमा यस क्षेत्रमा राष्ट्रपतिको आगमनले देश र विदेशकै समेत ध्यानाकर्षण हुने र यसले यहाको विकासमा सकारात्मक प्रभाव पर्ने छ ।,मेयर मण्डलले बताए ।

सुरक्षा चुस्त ः यता राष्ट्रपति आउने भएपछि उनको कार्यक्रम स्थलहरुमा व्यापकरुपमा सुरक्षाकर्मीहरु परिचालन गरिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले वताए । उनले नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीका आवश्यक्ता अनुसारको सुरक्षाकर्मीहरु मटिहानी,जलेश्वर र राष्ट्रपतिको आगमन हुने मार्गमा परिचालित हुने उनले बताए ।

 

यता सिमा नजिकैको स्थलमा राष्ट्रपतिको आगमन हुने भएपछि सिमापारी भारतिय सुरक्षाकर्मीहरुको समेत कडा सुरक्षा मिलाइएको छ । नेपाली सुरक्षा निकायबाट राष्ट्रपति आगमन वारे सिमापारी जानकारी गराइएपछि भारतिय सुरक्षा निकायबाट समेत राष्ट्रपतिको सुरक्षामा कुनै कसर बाकि नराखिने बताइएको छ । आईतवार नेपाल तथा भारतका अन्य दिन भन्दा निक्कै वढी संख्यामा रहेको सुरक्षाकर्मीहरुले दशगजामा गस्ती गरि सुरक्षा अवस्थाको अवलोकन समेत गरेको छ ।

यस्तो छ कार्यक्रम ः राष्ट्रपति भण्डारी प्रकौली स्थित रणभिम गणमा काठमाडौंबाट सिधै आउने र सो पछि जलेश्वर हुदै मटिहानी स्थित मटिहानी रंगशालामा गई रंगशाला उदघाटन गर्ने कार्यक्रम रहेको प्रजिअ दाहालले बताए । रंगशालाको कार्यक्रम सकेपछि मटिहानी स्थित लक्ष्मी नारायण मन्दिरको दर्शन र सो पछि मटिहानी स्थित सवै भन्दा पुरानो गुरुकुलको अवलोक गर्ने कार्यक्र रहेको उहाले थपे । यता मटिहानी पछि पुनः जलेश्वर फर्केर जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन गरि उनी फर्कने छिन ।

यस्तो छ मटिहानीको महत्व ः मटिहानी धार्मिक,ऐतिहासिक र शैक्षिक हिसावले पनि अति महत्वपुणर् स्थल रहेको छ । मटिहानी स्थित पाचसय पचास वर्ष भन्दा वढीको ईतिहार बोकेको मठहरुको मठ लक्ष्मी नारायण मठ यहि अवस्थित छ । साधारण भाषामा भन्दा नेपालकै सवै मठ,मन्दिर,साधु संत सवैको मुल मठ र मठाधिक यहि छन । यता नेपालकै जेठो झण्डै तिनसय वर्ष भन्दा वढीको ईतिहास भएको राजकिय संस्कृत माध्यमिक विद्यालय(गुरुकुल) यहि अवस्थित छ । मटिहानीलाई धार्मिक दर्शन स्थल बनाउन थप बल पुग्ने गरि लक्ष्मी नारायण मठ र संस्कृत गुरुकुलकै मध्यमा पर्ने लक्ष्मी नारायण सागर(पोखरी)मा गंगा आरती समेत सुरु गरिएको छ । यता व्यापारिक हिसावले मटिहानी पहिलेको तराईका जिल्लाहरुको मुख्य बजार रहेको स्थानियहरु बताउछन । तराईका महोत्तरी,धनुषा लगायतका विभिन्न जिल्लामा उत्पादन हुने धान मटिहानीमै संकलन हुने र यहि रहेको सेलर मिलमा चामलमा परिणत गरि पुनः नेपाल तथा भारतका विभिन्न स्थानमा पुर्याइने गरिएको थियो ।

 

यता मटिहानी पछि जलेश्वर स्थित जलेश्वरनाथ महादेव मन्दिरमा राष्ट्रपतिको आगमन हुने भएकोमा जलेश्वर आफैमा अति नै महत्वपुणर् धर्मस्थल रहेको छ । मुख्य गुफाभित्र करिव १८ फिट जल भित्र शिवलिंग रहेकै कारण यस स्थानलाई जलेश्वर भनिएको हुन सक्ने स्थानियहरुको भनाई छ । शिवलिंगको दर्शन गर्न मानविय श्रमले बाल्टीको सहयोगमा गुफाभित्रको जल निकाली शिवलिंगको दर्शन गर्ने

प्रतिक्रिया





Top