धनुषामा देउवा समुह पछाडि , निधिको अगाडि

न्यूज डेस्क     २०७८ मंसिर ६, सोमबार ०८:०९ बजे मा प्रकासित


जनकपुरधाम । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा धनुषा जिल्लामा आईतवार भएको पालिकाको अधिवेशनमा देउवा समुह नराम्ररी पछाडि परेको छ ।

सभापतिका प्रत्याशी विमलेन्द्र निधिको पक्ष अप्रत्याशित रुपमा बलियो भएको छ । देउवा पक्षको कमजोर नेतृत्वको कारण धनुषामा परिणाम उल्टेको नेताहरुले जनाएका छन् ।धनुषाको निर्वाचन क्षेत्र नम्बर १ को गणेशमान चारनाथ नगरपालिका, सबैला र शहिदनगर नगरपालिकामा सोमवार चुनाव हुने भएको छ । उपसभापति निधि तीन दिनदेखि धनुषामा सकृय भएका छन् ।

धनुषामा केहि समय पूर्व सम्म देउवा पक्ष अत्यन्त बलियो देखिएको थियो ।तर देउवा समुहको नेतृत्वकर्ता नै कमजोर भएका कारण परिणाम उल्टिएको बताइएको छ । रामचन्द्र पौडेल पक्षको नेतृत्व गरिरहेका रामकृष्ण यादवले मध्यमार्ग अपनाएर गुटको पक्षमा राम्रो नतिजा ल्याएको बताइएको छ ।एकजना नेताले नाम सार्वजनिक नगर्ने शर्तमा भने, धनुषामा निधि पछि पौडेल समुहकै अवस्था बलियो छ ।

हँसपुर नगरपालिकामा जयनारायण कापड, धनुषाधाम नगरपालिकामा चन्द्रदिप यादव, औरही गाउँपालिकामा जुगल सिंह सर्वसम्मतीबाट सभापति चयन भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको सभापतिमा मनोज साह सर्वसम्मतीबाट चयन भएका छन् ।

अन्य पदहरुमा मतदान हुने भएकोछ ।निर्वाचन क्षेत्र नम्बर ३को नगराइन नगरपालिकाको सभापति पदमा विनय यादव र मुखियापटट्ी मुसर्निया गाउँपालिकाको सभापतिमा विश्वनाथ यादव सभापतिमा सर्वसम्मतीले चयन भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ को लक्ष्मीनिया गाउँपालिकाको सभापतिमा भोगेन्द्र मिश्र सर्वसम्मतीबाट चयन भएको बताइएको छ ।पालिकाको चुनावको परिणाम समाजिक सञ्जाल मार्फत सार्वजनिक भएपनि आधिकारिक रुपमा निर्वाचन अधिकृतले पुष्टि गरिसकेको छैन् ।
निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जनाए अनुसार सबैला, गणेशमानचारनाथ र सहिदनगर नगरपालिका यदुकुहामा निर्वाचनको प्रकृया अगाडि बढिसकेको छ । अन्य पालिकाहरुमा उम्मेदवारी दर्ता भएको र सोमवार बिहान ९ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिएको कारण औपचारिक परिणाम त्यसपछि घोषणा हुने उनले बताए ।

प्रतिक्रिया





Top