मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको निर्देशन

न्यूज डेस्क     २०७८ मंसिर ६, सोमबार २०:०७ बजे मा प्रकासित


सिरहा । सरकारले गुणस्तरहीन मारुती समेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ । नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कारबाहीमा परेसँगै विकास निर्माणको काममा प्रयोग नगर्न निर्देशन दिएको हो ।

४३ ग्रेडको मारुती ओपीसी सिमेन्ट गुणस्तरहीन भएको फेला परेसँगै सरकारले मातहत निकायलाई परिपत्र जारी गरेको छ ।

विगतमा मारुती सिमेन्ट प्रयोग गरिएका विकास निर्माणका काम गुणस्तरहीन देखिन थालेपछि सरकारले अनुगमन तीव्र बनाएको थियो ।

अनुगमनका क्रममा उक्त सिमेन्ट गुणस्तरहीन भएको प्रमाण फेला परेसँगै मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न परिपत्र जारी गरेको छ ।

मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न भन्नुअघि नै गुणस्तर तथा नापतौल विभागले बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन भनिसकेको छ । तर, विभागको कुरा मारुती सिमेन्टले सुनेको छैन ।

अब, विभागले नेपाल गुणस्तर ९प्रमाणपत्र चिह्न० ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याइने जनाएको छ । विभागका अनुसार मारुती सिमेन्टको संकलित नमुना परीक्षण गर्दा सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो ।

मुख्य उत्पादन कार्यायलय सिरहामा रहेको मारुती सिमेन्टलाई गुणस्तरहीन सिमेन्टबारे विभागले १५ दिने स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया





Top