प्रदेश २ सरकारले आफ्नै छापाखाना भवन निर्माण गर्न भूमि पुजन : मन्त्री साह

न्यूज डेस्क     २०७८ मंसिर ६, सोमबार २१:१५ बजे मा प्रकासित


जनकपुरधाम । प्रदेश नम्बर २ का सरकारले आफ्नै प्रदेशमा छापाखाना भवन बनाउन लागेको छ । प्रदेश मुद्रा छापाखाना भवन एक वर्ष भित्र जेबी शर्मा फाउन्डेशनले निर्माण गर्ने जनाइएको छ ।

 

२ करोड रुपैयाँको लागनमा निर्माण हुन लागेको प्रदेश मुद्रण छापाखाना भवनमा दुई वटा स्टोरेज ३६ स्क्वायर फिटमा रहने जनाइएको छ ।

सोमबार आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रदेश मुद्रण छापाखाना भवन निर्माण गर्न भूमि पुजन गरेका हुन् ।

प्रदेश सरकारको आफ्नै छापा खाना भएपछि प्रदेश सरकारले प्रकाशित गर्ने गरेका विभिन्न छापा तथा मुद्रण आफै प्रकाशित गर्नेछन् । रेडबुक देखि विभिन्न किसिमका दस्तावेजसमेत आफै प्रकाशित गर्नका लागि छापाखाना स्थापना गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया





Top