जनकपुरधाम । धनुषा प्रहरीले १ लाख ६६ हजार ३ सय ५ रुपियाँ सहित जुवा खेल्दै गरेको आरोपमा दुइ जनालाई पक्राउ गरेको छ । धनुषा जिल्लाको मिथिला नगरपालिकावडा नम्बर ११ बाहुनमारास्थित मान बहादुर थापाको घरमा जुवाको खाल बनाई जुवा खेल्दै गरेको अवस्था दुइ जनालाई रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जुवा खेलेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका– ८ का ५१ वर्षीय फेकन चौधरी तथा सर्लाहीको चन्द्र नगरपालिका–६ का ६० वर्षीय लक्ष्मी राउतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले पौने दुइ लाख नगद, तास लगायतका समानहरु बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ढल्केबरमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका धनुषा प्रमुख बसन्त रजौरेले बताए । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटेको प्रहरी टोलीले छापामारी गरी जुवा खेलिरहेका दुई जनालाई नियन्त्रणमा लिएको छ भने जुवा खेल्दै गरेका १०/१२ जना फरार भएका छन् ।
प्रतिक्रिया