३६ औं जन्मदिनको अवसरमा ३५० विद्यार्थीलाई स्कुल ब्याग वितरण

न्यूज डेस्क     २०७८ मंसिर ७, मंगलवार १०:५७ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, मंसिर ०७ गते रौतहट ।

जिल्लाको कटहरिया नगरपालिका वडा नं ८ अन्तरगत रहेको सामुदायिक बिधालयका बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच सोही वडाका चर्चित शिक्षा जगतमा एउटा छुट्टै नाम कमाउन सफल लेखक एवम् समाजिक अभियान्ता तथा नेकपा एमालेका युवा नेता हेम प्रसाद साहले आफ्नो ३६ औं जन्मोत्सवको अवसरमा श्री प्राथमिक बिधालय पिप्रा पोखरीका सम्पुर्ण बिद्यार्थीहरु लाई करिब ४ सय ब्याग न्यानो कपडा कपि कलम लगायतका समाग्री वितरण गरिएको सो बिधालयका प्रधानध्यापक माझी लाल राय यादवले बताउनु भयो ।

कटहरिया नपा वडा नं ४ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता चन्दन कुशवाहाको रोहवरमा सो समाग्री वितरण गरिएको छ ।

बिधालयको प्राङनमा आयोजित वितरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजिक अभियान्ता तथा युवा नेता हेम प्रसाद साहले भने प्रतेक घरका बालबालिका शिक्षित बनोस हरेक घर घरमा मा म भन्दा पनि ठुलो यहाँका बिद्यार्थीहरु नाम कमाउनमा सफल रहोस् डाक्टर बनोस लगायत मन्तव्य राखेको थिए ।

त्यस्तै सो वितरण कार्यक्रममा कटहरिया नपा वडा नं ४ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता चन्दन कुशवाहाले भने गाउँ को बिकास मात्र बजेटले हुदैन गाउँको समग्र बिकास शिक्षित भए मात्र हुन्छ शिक्षाले गाउँ समाज र देशको बिकासमा ठुलो टेवा पुग्छ त्यसैले आफ्ना बालबालिका लाई नियमित बिधालय पठाउन आग्रह समेत गरे ।बिधालयको प्राङनमा आयोजित सो कार्यक्रममा अतिथिहरु कटहरिया नपा वडा नं ४ अध्यक्ष एवम् नगर प्रवक्ता चन्दन कुशवाहा , शिक्षा शाखा प्रमुख अनिल कुमार निधि,कटहरिया नपा वडा नं ८ का वडा अध्यक्ष नबध राय यादव , प्र।बि।को प्र।अ। माझी राय यादव ,बिधायालयका सम्पुर्ण शिक्षक बुद्धिजीवी लागायतका अभिभावकहरुहरुको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया





Top